मिथुन राशिका लागि भ्यालेन्टाइन डे कस्तो ? कसरी गर्ने प्रेम



काठमाडौं, २४ माघ

यो राशिको तुला राशिसँगको केमेस्ट्री उत्तम हुन्छ। यद्यपि यो राशिका व्यक्तिहरूको प्रेम धनु, वृष र मिन राशिसँग पनि राम्रो हुने देखिन्छ। मिथुन राशिका व्यक्तिहरूले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समयमा अथवा बेलुकी सूर्य अस्ताएपछि प्रेमप्रस्ताव राख्नु उत्तम हुन्छ। यो राशिका व्यक्तिले हरियो वा नीलो रङ्गका वस्त्रको प्रयोग गरी उत्तर फर्किएर सार्वजनिक रूपमा उद्घोष गर्दै प्रस्ताव राख्नुपर्छ। यो शैलीको प्रस्ताव उनीहरूको भ्यालेन्टाइनले रुचाउने देखिन्छ।

यदि सार्वजनिक रूपमा उद्घोष गर्दै प्रपोज गर्ने मन नभए सार्वजनिक ठाउँमा कुनै चित्रकला देखाएर अथवा कुनै सजावटी सामग्रीको माध्यमबाट पनि प्रपोज गरे सफलता हासिल गर्न सकिन्छ। यो राशिका व्यक्तिहरूको प्रभावकारिता नै सार्वजनिक स्थानमा हुने भएकाले यसो गर्नुपरेको हो। मिथुन राशिका व्यक्तिले उपहार दिँदा चलायमान, आवाज निस्कने, बत्ती बल्ने सामग्री दिए सजिलै आफ्नो भ्यालेन्टाइनलाई प्रभावमा पार्न सकिन्छ। भ्यालेन्टाइन कार्डचाहिँ रेक्ट्याङगुलर सेपमा नीलो मसीले लेखिएको हरियो कार्ड प्रयोग गर्नु राम्रो हुन्छ।

खानेकुरामा पिरो र अमिलो परिकार प्रयोग गर्दा सम्बन्धमा मिठास आउँछ। डेटिङ स्पटका लागि मेला, सिनेमा हलजस्ता भरिभराउ स्थल वा फल फल्ने बगैंचा रोज्नु राम्रो हुन्छ। माया व्यक्त गर्दा दायाँ हातका औंलाहरूमा चुम्बन गर्दा प्रेम प्रगाढ हुन्छ।

प्रतिक्रिया दिनुहोस्