कर्कट राशिका लागि भ्यालेन्टाइन डे कस्तो ? कसरी गर्ने प्रेम



काठमाडौं, २४ माघ

केही टेढो चाल चल्ने राशिका रूपमा चिनिने कर्कट राशिका लागि वृश्चिक राशि भएका व्यक्ति सर्वोत्तम हुन सावित हुनसक्छ। त्यसबाहेक मेष र कुम्भ राशि भएका व्यक्तिहरूसँग पनि प्रेम गर्दा फरक पर्दैन। यो राशिका व्यक्तिले सेतो, खैरो अथा नीलो रङ्गको वस्त्र लगाएर पूर्व दिशातर्फ र्फकंदै दुई अर्थ लाग्ने शब्द प्रयोग गरी प्रपोज गरे सकारात्मक उत्तर आउनेछ।

उपहार दिँदा पनि अनौठो आकार-प्रकारका जनावरहरूको मूर्ति अथवा अध्ययन सामग्री दिनु राम्रो हुन्छ। त्यसैगरी क्याल्कुलेटर, मोबाइल वा कम्प्युटर जस्ता उपहार पनि उपयुक्त हुन्छन्। यो राशिका व्यक्तिले भ्यालेन्टाइन कार्डका रूपमा खैरो गातामा भित्र गाढा रातो अक्षरले धेरै पृष्ठमा धेरै कुरा लेखिएका कार्ड दिनु सर्वोत्तम हुन्छ।

खानेकुरामा शाकाहारी भोजनभन्दा मांसाहारी भोजन राम्रो मानिन्छ। डेटिङका लागि तलाउ, पोखरी तथा खोला, नदी वा जनावरहरू भएका स्थानमा जानु उत्तम हुन्छ। चुम्बन गर्ने हो भने टाढैबाट फ्लाइङ किस गर्नु प्रभावकारी हुनसक्छ।

प्रतिक्रिया दिनुहोस्