सिंह राशिका लागि भ्यालेन्टाइन डे कस्तो ? कसरी गर्ने प्रेम



काठमाडौं, २४ माघ

यो राशि भएका व्यक्तिका लागि मेष राशिसँगको प्रेम सर्वोत्तम हुन्छ। यद्यपि सिंह राशिका व्यक्तिको प्रेम सिंह राशिकै व्यक्तिसँग पनि सफल हुने देखिन्छ। सिंह राशिका व्यक्तिले प्रेम प्रस्ताव राख्दा मध्यान्ह १२ देखि ३ बजेसम्मको समय छान्नु उपयुक्त हुन्छ। प्रेम प्रस्ताव इमेल वा कुनै पनि इलेक्ट्रोनिक्स डिभाइसको सहायताले गर्नु फलदायी हुन्छ। यद्यपि इमेल वा सन्देश पठाउन भने १२ देखि ३ बजेबीचको समय नै छान्नुपर्छ। प्रेम प्रस्ताव राख्दा वा लेख्दा गाढा रातो, गाढा नीलो तथा गाढा सुन्तला रङ्गको पहिरन लगाएर दक्षिण दिशा र्फकनु उपयुक्त हुन्छ।

भेटेरै प्रस्ताव राख्ने हो भने सैनिकझैं सिधा उभिएर आत्मविश्वासका साथ आँखामा आँखा जुधाएर प्रेमप्रस्ताव राख्नुपर्छ। उपहार दिँदा शिर ठाडो राखेर दिनुपर्छ। उपहार दिँदा धेरै गोजी भएका, धेरै चेन भएका, धेरै बटम भएका वा धेरै रंग प्रयोग भएका बाक्ला पहिरन छान्नु उत्तम हुन्छ। भ्यालेन्टाइन कार्ड पनि केही फरक हुनु आवश्यक छ। बाहिरी आवरणमा प्वाल तथा गाढा रातो गाता भएको कार्ड प्रयोग गर्नु राम्रो हुन्छ।

भेटघाटपछि खाने परिकारमा चकलेट तथा केकजस्ता गुलिया र कोमल मिठाई खानुपर्छ। भेटघाटका लागि रेस्टुराँका रुफटपमा बस्नु वा अग्लो स्थानमा रहेको प्राकृतिक सौन्दर्यले भरिएका स्थान रोज्नुपर्छ। आफ्नो भ्यालेन्टाइनलाई किस गर्ने हो भने ओठ उपयुक्त अङ्ग हुनसक्छ।

प्रतिक्रिया दिनुहोस्