कन्या राशिका लागि भ्यालेन्टाइन डे कस्तो ? कसरी गर्ने प्रेम



काठमाडौं, २४ माघ

कन्या राशि भएका व्यक्ति कोमल हुन्छन्। यस्ता व्यक्तिले वृष राशि भएका व्यक्तिसँग सम्बन्ध बढाउनु राम्रो हुन्छ। कन्या राशिको संगत तुला, धनु तथा मिन राशिसँग हुँदा पनि प्रेमले सफलता पाउँछ। यो राशि भएका व्यक्तिले पे्रमप्रस्ताव राख्दा मध्याह्न ३ देखि साँझ ६ बजेको समय रोज्नु उपयुक्त हुन्छ। चन्द्रमा र बुध ग्रहको प्रभावका कारण यी राशि भएकाहरूले हरियो वा सेतो रङ्गका वस्त्र धारण गर्नु उपयुक्त हुन्छ।

आफूलाई मन पर्ने रङ्गको कपडामा प्रेमका शब्दहरू लेखेर पश्चिम दिशा फर्किएर दिए प्रेम प्रस्ताव स्वीकार हुनसक्छ। उपहारका लागि काठले बनेका सामग्री दिनु प्रभावकारी हुन्छ। भ्यालेन्टाइन कार्ड दिँदा फुलबुट्टाले भरिपूर्ण भएका गातारहित कार्ड रोज्नु राम्रो हुन्छ। पे्रमप्रस्ताव राख्दा कमै बोल्नु उपयुक्त हुन्छ। बोल्नुपर्ने अवस्थामा सकेसम्म पश्चिम दिशातर्फ नै फर्किएको हुनुपर्छ।

आफ्ना प्रेमी वा प्रेमिकालाई डिनर अथवा लन्च गराउने सोच छ भने आफ्नै हातले बनाएको अन्नको परिकार ख्वाउँदा प्रेमले प्रगाढ रूप लिन्छ। डेटिङका लागि फन पार्कजस्ता बालबालिका खेल्ने स्थान रोज्नु राम्रो हुन्छ। समय मिले वा प्रेम स्वीकृत भएको अवस्थामा आफ्नो व्यक्तिलाई गालामा चुम्बन गर्नु राम्रो हुन्छ।

प्रतिक्रिया दिनुहोस्