तुल राशिका लागि भ्यालेन्टाइन डे कस्तो ? कसरी गर्ने प्रेम



काठमाडौं, २४ माघ

यो राशिका लागि सर्वाधिक प्रिय राशि मिथुन हो। मेष र मकरसँगको प्रेमसम्बन्ध पनि सकारात्मक रहन्छ। यो राशि भएका व्यक्तिले प्रेम प्रस्ताव राख्ने उत्तम समय साँझ ६ देखि ९ बजेसम्म मानिन्छ। बिहानै पे्रम प्रस्ताव राख्ने हो भने आफ्नो शयन कक्षको पूर्व उत्तर कुनामा फर्किएर म्यासेज वा अन्य विद्यूतीय सञ्चारमाध्यम प्रयोग गर्न सकिन्छ। प्रेमप्रस्ताव राख्दा सुन्तला वा कलेजी रङ्गका पहिरन लगाए पे्रम सफल हुने सम्भावना बढी हुन्छ।

उपहारका लागि अर्धतरल पदार्थबाट बनेका सामग्रीहरू जस्तै स्याम्पो, तेल, क्रिम, लोसन आदि प्रभावकारी हुन्छन्। भ्यालेन्टाइन कार्डका रूपमा सुन्तला तथा कलेजी रंगको खोल एवं मधुरो अक्षरमा लेखिएका अण्डा आकारको कार्ड दिनु राम्रो मानिन्छ। खानेकुरामा मिक्स आइटमले सजिएका परिकार ख्वाए माया बराबर हुने विश्वास गरिन्छ।

यो राशि माथि मंगल ग्रहको प्रभाव रहने हुँदा डेटिङ जाँदा खुला जमिनमा बसेर दुःख सुख साटे आगामी जीवन सुखमय रहनेछ। यो राशिका व्यक्तिले माया व्यक्त गर्दा न्यानो अगालोमा बाँध्नु उपयुक्त हुन्छ।

प्रतिक्रिया दिनुहोस्