वृश्चिक राशिका लागि भ्यालेन्टाइन डे कस्तो ? कसरी गर्ने प्रेम



काठमाडौं, २४ माघ

यो राशिका लागि कर्कट राशि उपयुक्त मानिन्छ। यसबाहेक सिंह र कन्या राशि भएका व्यक्तिसँग पनि वृश्चिक राशिको सम्बन्ध गाढा हुन सक्छ। गुलाबी र सेतो रङ्गको पहिरन लगाएर पूर्व दिशामा फर्किएर प्रेम प्रस्ताव राख्नुपर्छ। यो राशि भएका व्यक्तिहरूले कुनै पनि माध्यम प्रयोग नगरी सीधै प्रस्ताव राख्न सक्छन्। प्रेम प्रस्ताव राख्ने समयका हकमा सूर्यास्त बढी प्रभावकारी हुन्छ।

उपहारमा मनोरञ्जनका सामग्रीहरू दिनु राम्रो हुन्छ। भ्यालेन्टाइन कार्डका रूपमा सेलिब्रेटीहरूका तस्बिर छापिएका चम्किला सेता तथा गुलाबी गोलाकार कार्ड प्रयोग गर्दा सकारात्मक रूपमा ग्रहण हुन सक्छ। वृश्चिक राशिमा शुक्र ग्रहको प्रभावका कारण गुलिया पदार्थहरू मह र तरल पर्दाथहरूलाई चाँदीको भाडामा राखेर ख्वाए प्रेमी-प्रेमिकाको सोच सकारात्मक हुनेछ।

डेटिङका रूपमा प्रियजनलाई फिल्महल, कन्सर् ट, पव, डिस्कोजस्ता ठाउँमा लान सकिन्छ। यस्ता स्थानमा जान मन नहुनेले आफ्नो भ्याले न्टाइनसँग गीत गाउने एवं गाउन लगाए सम्बन्धको डोरी बलियो हुन्छ। वृश्चिक राशि भएका व्यक्तिले प्रियजनको दुवै आँखामा चुम्बन गर्नु राम्रो मानिन्छ।

प्रतिक्रिया दिनुहोस्