मकर राशिका लागि भ्यालेन्टाइन डे कस्तो ? कसरी गर्ने प्रेम



काठमाडौं, २४ माघ

अस्थिर यो राशिका व्यक्तिका लागि मेष राशिका व्यक्ति सर्वोत्तम मानिन्छन्। त्यसबाहेक कन्या र कर्कट राशिसँगको सम्बन्धले पनि फरक पर्दैन। यो राशि भएका व्यक्तिले प्रपोज गर्दा रातिको समयमा पश्चिम दिशा फर्किएर कुरा घुमाउँदै प्रपोज गरे बोलीको प्रभाव बढ्नेछ।

भेटेर प्रपोज गर्ने हो भने कालो अथवा निलो रङ्गको वस्त्र कुइनासम्म ढाकिने गरी धारण गरी प्रपोज गरे त्यो अविस्मरणीय हुनेछ। यो राशिमाथि शनि ग्रहको राम्रो प्रभाव भएकाले गिफ्टका रूपमा इलेक्ट्रोनिक्स चीजहरू प्रयोग गर्दा बल आफ्नो पोल्टामा पर्न सक्छ। यस्तै भ्यालेन्टाइन कार्डहरूको प्रयोग गर्दा पनि इलेक्ट्रोनिक्समा आधारित बज्ने, बोल्ने खालका कार्डहरू वर्गाकार र आयताकार सेपमा रोज्नुपर्ने हुन्छ।

भ्यालेन्टाइनलाई भोजन गराउने हो भने मेसिनबाट तयार भएका परिकारहरू ख्वाउनु राम्रो हुन्छ। डेटिङका लागि अत्याधुनिक प्रविधि भएका स्थानजस्तै सपिङ्ग मल तथा विदेशका स्थानहरू रोज्नु उचित हुन्छ। कान नजिक चुम्बन गरे पे्रमको स्पर्श संगीत जस्तै हुनेछ।

प्रतिक्रिया दिनुहोस्