कुम्भ राशिका लागि भ्यालेन्टाइन डे कस्तो ? कसरी गर्ने प्रेम



काठमाडौं, २४ माघ

अलिकति अल्छी स्वाभाव भएको राशिका रूपमा चिनिने कुम्भ राशिले तुला राशिका व्यक्तिसँग प्रेमसम्बन्ध गाँस्नु सुमधुर हुन्छ। यसबाहेक वृष र कर्कट राशि पनि कुम्भका लागि उपयुक्त हुन्छन्। यो राशि भएका व्यक्तिका लागि प्रपोजको समय राती हो। प्रपोज गर्दा नीलो रङ्गको वस्त्र धारण गरी आफ्नो भ्यालेन्टाइनलाई भेटेरै उत्तर फर्किएर सामान्य तरिकाले दायाँतर्फको कानमा सुटुक्क प्रपोज गरे मायाको गोप्यता रहन्छ।

फागुन महिना कुम्भ राशिका लागि उत्कृष्ट हुने भएकाले भ्यालेन्टाइन डेमा प्रपोज गरे खेर जाँदैन। गिफ्टका रुपमा चारकुने ढुङ्गामा आफ्नो भ्यालेन्टाइनको नाम वा चित्र कोरेर प्रदान गर्न सके भ्याले न्टाइनको आयु वृद्धि हुन्छ। यसैगरी भ्यालेन्टाइन कार्ड किन्दा नीलो रङ्गमा धागो बेरिएको कार्ड किन्नु बुद्धिमानी हुन्छ। भ्यालेन्टाइन डेको दिन भोजन गराउँदा नन भेज आइटम पोले को, साँधेको रोज्नु नै मायाको असली स्वाद पाउनु बराबार हो।

यो राशिका व्यक्तिले डेटिङ्ग स्पट रोज्नुपरे आफ्नो घरदेखि दक्षिण वा उत्तरतर्फ जानुपर्ने हुन्छ। डेटिङमा कपास वा परालबाट तयार गरिएका चकटी वा गुन्द्री रोज्न सके आगामी दिनको यात्रा अटुट रहनेछ। चुम्बन गर्ने अवस्था आए भ्यालेन्टाइनको दायाँतर्फको गालामा सामान्य तरिकाले गर्दा डे टिङको रिजल्ट सकारात्मक रहन्छ।

प्रतिक्रिया दिनुहोस्