मिन राशिका लागि भ्यालेन्टाइन डे कस्तो ? कसरी गर्ने प्रेम



काठमाडौं, २४ माघ

सोझो राशिका रूपमा चिनिने मीनको तुलासँग राम्रो सम्बन्धमा गाँसिन सक्छ। त्यसबाहेक मिथुन र कन्यासँगको सम्बन्ध पनि उपयुक्त हुन्छ। बिहान सूर्योदय अघि स्नान गरी पूर्व दिशामा फर्किएर जुनसुकै माध्यमबाट प्रपोज गरे त्यसको महत्व बेग्लै हुन्छ। यदि भेटेरै प्रपोज गर्ने हो भने निधारमा पहेंलो रंगको टीका लगाएर तथा पहेंलो वस्त्र धारण गरी नम्र स्वरमा प्रपोज गरे यो राशिका भ्यालेन्टाइनहरू आकषिर्त हुन्छन्।

गिफ्टका रूपमा देवी -देवताका मूर्ति तथा सुन र तामाले बनेका औंठीहरू दिए दुई धड्कनको सम्बन्धले गति लिनेछ। यसैगरी भ्यालेन्टाइन कार्ड रोज्दा गोलाकार पहेलो रंग बढी प्रयोग भएको रोज्नुपर्ने हुन्छ। यो राशिको व्यक्तिले दूधबाट बनेका खानेकुराहरू जस्तै खीर भोजन गराउन सके प्रेम पवित्र रहनेछ। डेटिङ स्पटका लागि मन्दिरवरिपरिका क्षेत्र जहाँ धारा वा पानीका स्रोतहरू हुन्छन्।

एक-अर्काको लाइफ स्टोरी सुनाए सुनमा सुगन्ध हुन्छ। यो राशिका व्यक्तिले डेटिङमा आफ्नो भ्यालेन्टाइनलाई किस गर्नु उपयुक्त मानिँदैन।

प्रतिक्रिया दिनुहोस्