धनु राशिका लागि भ्यालेन्टाइन डे कस्तो ? कसरी गर्ने प्रेम



काठमाडौं, २४ माघ

यो राशि आज्ञाकारी भएकाले कुम्भ राशिसँगको प्रेमसम्बन्ध निकै राम्रो हुन्छ। त्यसबाहेक मेष र सिंह राशि भएका व्यक्तिसँग अफेयर चलाउँदा पनि सकारात्मक परिणाम आउँछ। यस पटकको भ्यालेन्टाइन्स डे बिहिबार परेकाले यो राशिमा बृहस्पति ग्रहको प्रभाव पर्छ। फलस्वरूप यो दिन धनु राशिका व्यक्तिले जुनसुकै राशिका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्दा त्यसको प्रभाव अन्य दिनको तुलनामा बढी हुन्छ।

सूर्य अस्त हुने समयमा दक्षिण दिशातर्फ फर्किएर फोनका माध्यमबाट प्रेम प्रस्ताव राख्नु सबैभन्दा प्रभावकारी हुन्छ। यो समयमा धनु राशिले पहेंलो रंगको कुनै एउटा पहिरन लगाएको हुनुपर्छ। यसरी प्रस्ताव राख्दा फोनलाई दुई हातले समाउनुपर्छ।

यदि आफ्नो प्रेमप्रति निकै विश्वास छ भने आफ्नो भ्यालेन्टाइनको दुई हात समाएर झुकेको शीरले प्रेम प्रस्ताव राख्नुपर्छ। बाँस अथवा कागजले बनेका सामग्रीहरू उपहार दिँदा माया बढी प्रगाढ हुनेछ। यो राशि भएका व्यक्तिले भ्याले न्टाइन कार्डचाहिँ पहेलो रंगको गातामा रातो थोप्ला भएका त्रिकोण आकारमा रोज्नुपर्ने हुन्छ।

प्रपोजपश्चात् शुद्ध साकाहारी त्यसमाथि पनि रस बढी भएका फल दुई हातले ख्वाइदिए आफ्नी भ्यालेन्टाइनको मन कोमल हुन्छ। डेटिङका लागि दूबो भएका बगंैचा तथा पहेंला रङ्गका फूल भएको ठाउँ रोज्नुपर्छ। डेटिङको बेला आफ्नो भ्यालेन्टाइनलाई थप प्रभावित तुल्याउने हो भने शिर अथवा निधारमा चुम्बन गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्