प्रधान सेनापति र बेलायती सेनाका सेनाध्यक्ष बीच शिष्टाचार भेटवार्ता



प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग मित्रराष्ट्र संयुक्त अधिराज्य (बेलायत) सेनाका सेनाध्यक्ष General Sir Nicholas Patrick Carter KCB CBE DSO ADC Gen ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । भेटवार्तामा उहाँहरु बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो । यसअघि जंगी अड्डा परिसरमा उहाँको सम्मानमा सैनिक टुकडीले सम्मान गारत अपर्ण गरेको थियोे । साथै, जंगी अड्डाभित्र उहाँलाई नेपाली सेना सम्बन्धि प्रस्तुतिकरण समेत दिइएको थियो ।

उहाँ पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजना हुने Gurkha Attestation Parade of Gurkha Recruit Intake 2018 मा सहभागी हुन काठमाण्डौं आईपुग्नु भएको र भ्रमण समाप्त गरी मिति २०७४ माघ २९ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्