पोलियोको रोचक तथ्य



सन् २०१६ मा मात्रै ४५० मिलियन बालबालिकालाई दई अर्ब भन्दा बढी खर्च थोपा पोलियो पटक पटक खुवाइएको थियो । यो क्रम विश्वबाट पोलियो उन्मुलन भएसम्म चल्नेछ र यसमा रोटरीले आर्थिक सहयोग गरिरहेको छ ।

आगामी १० वर्षमा पोलियो उन्मुलन नभए यो रोगका कारण हरेक वर्ष २ लाख व्यक्ति अपांङ्ग हुनेछन् ।रोटरीले पोलियो प्लस अभियानमार्फत चलाएको पोलियोमुक्त प्रयासका लागि गरेको आर्थिक सहयोगबाट संसारका १२२ देशले पोलियो प्रतिरक्षा र उन्मूलनका लागि लाभ उठाएका छन् । रोटरीले पोलियो प्लस अभियान चलाएयता पोलियो रोगीको संख्या ९९ दशमलब ९ प्रतिशतले कमी आएको छ ।

अभियान सुरु हुनु अघि १२५ देशमा पोलियो देखिएकोमा अहिले तीन देशमा सिमित भएको छ । रोटरीद्वारा एटलान्टामा सन् २०१७ मा आयोजित अन्तराष्ट्रिय अबिधेशनमा पोलियो उन्मुलनका लागि विश्वव्यापी नेताले १२ विलियन डलर दिने बचन दिएका थिए । सोही वचनका आधारमा रोटरीले पोलियो उल्नमुलनका लागि तीन वर्षसम्म हरेक वर्ष ५० मिलियन डलरका दरले संकलन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्