काठमाडौं, २५ माघ
सोमबार राजधानीबाट भारत प्रस्थान गरेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई बुधबार बिहान उडिसाको भुवनेश्वरस्थित बिजु पटनायक अन्तर्राष्ट्रिय विमानस्थलमा ज्ञानेन्द्रलाई स्वागत गरिएको छ । नेपालमा राजतन्त्रको अस्तित्व सकिएर गणतन्त्र आइसकेको भए पनि स्थानीय मिडियाहरुले ज्ञानेन्द्रलाई ‘नेपालका राजा’ भनेरै सम्बोधन गरिरहेका छन्।
ज्ञानेन्द्रको सुरक्षाका लागि सशस्त्र सेना तैनाथ गरिएको छ।
उनले ‘लोपोन्मुख’ भारतीय देसी गाई जोगाउने उद्देश्य रहेको संगठन श्रीमार्गले आयोजना गर्ने मिसन वाउ काउ कार्यक्रमको हिजो उद्घाटन गरेका छन् ।
उडिसाको राठीपुरमा हुने अन्तर्राष्ट्रिय गौ सम्वर्द्धन महोत्वसमा ज्ञानेन्द्रलाई ‘नेपालका राजा’कै हैसियतमा सहभागी हुन निम्तो पठाइएको थियो। सोही अवसरमा गौमाता मन्दिरको शिलान्यास गर्ने कार्यक्रम पनि थियो।
आयोजक श्रीमार्गका अनुसार त्यहाँ शनिबारदेखि बुधबारसम्म गो विश्वशान्ति महायज्ञको पनि आयोजना थियो । महायज्ञको अन्तिम दिन ज्ञानेन्द्रले पूर्णाहुति पनि दिएका थिए ।
सोही क्रममा ज्ञानेन्द्रलाई राजसिंहासनमा राखी अभिषेक कार्यक्रम पनि गरिएको छ।
हेर्नुस भिडियो :