सलमान शो ‘दबंग द टुर’ नायिकाहरुद्वारा अस्वीकार : निशाको समर्थन



फागुन २६ मा राजधानीको टुडिँखेलमा हुन गईरहेको ‘दबंग द टुर’मा नाच्नका लागि नेपाली नायिकाहरु प्रियंका कार्की, स्वस्तिमा खड्का र एलिशा राईले नाच्नको लागि अस्वीकार गरेका छन् । आफुहरुलाई आयोजकले गर्नुपर्ने उचित सम्मान नगरेको भन्दै नायिकाहरुले अस्वीकार गरेका हुन् । सोहि कुरालाई अमेरिकामा रहेकी नायिका निशा अधिकारीले यसको समर्थन गरेकी छिन् ।

फेसबुकमा समाचारको लिंक सेयर गर्दै निशाले एकदमै राम्रो काम गरेको आफुलाई तीन नायिकाहरुप्रति गर्व रहेको समेत बताईन् । “राम्रो काम हामीले अन्तराष्ट्रिय कला र कालकारहरुको मात्र हैन आफ्नो कला कलाकारहरु र संस्कृतिलाई पनि आदर गर्न सिक्नुपर्छ ।” निशाले आफ्नो पोस्टमा भनेकी छिन्, “हाम्रो कलाकारहरुले गरेको अस्वीकार एकदमै कानुनसम्वत र निष्पक्ष छनौट हो । तिनीहरुमा गर्व छ ।” निशा केहि महिना अघि अमेरिका गएकी थिईन् । हङकङबाट सुरु भएको यो टुर न्युजिल्यान्ड, अस्ट्रेलिया हुदै दिल्लीमा समेत भईसकेको छ ।

उनी तीन दिनका लागि नेपाल आउन लागेको आयोजक ओडिसी इन्टरटेनमेन्टले जनाएको छ । उनीसँगै कार्यक्रममा बलिउड नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, नायिका डेजी शाह, कृति सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मित ब्रदर्स’ पनि सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्