पल र आँचलको पारिश्रमिक कति ?



नाई नभन्नुल ४’ बाट नेपाली सिनेक्षेत्रमा डेब्यु गरेकी नायिका आँचल शर्मा यतिबेला आफनो सिनेमा ‘शत्रु गते’ का लागि निकै उत्साहित छिन् । प्राय आफनो अभिनय भन्दा पनि पल शाह सँगको सम्बन्धको कारण चर्चामा आउँने गरेकी आँचलले शत्रु गते सहित चार सिनेमामा काम गरिसकेकि छिन् । प्राय : कलाकारहरुको आफनो पारिश्रमीक बारेमा खासै नखुलाए पनि हालै आँचलले भने आफनो पारिश्रमीक को बारेमा खुलाएकी छिन् ।

उनले हालसम्म सिनेमामा काम गरेबापत बढीमा ५ लाख सम्म पारिश्रमीक लिएको बताएकी छिन् । आँचलले भनिन आफु अझै पनि संर्घषरत रहेको कारण पारिश्रमीक धेरै लिने बेला आईनसकेको बताईन् । त्यस्तै नायक पल शाहले पनि आफ्नो पारिश्रमीक बारेमा खुलाएको छ । पल म्युजिक भिडियो हुँदै सिनेमाक्षेत्रमा प्रबेश गरेका हुन् । अनमोल प्रदिपको पारिश्रमीक सार्वजनिक भईरहदा पलले पनि आफ्नो पारिश्रमीक बारेमा बोलेका छन ।

धमलाको हमला नामक कार्यक्रममा बोल्दै उनले अहिले सम्म आफुले ८ देखि १० लाख सम्म पारिश्रमीक लिने गरेको खुलासा गरेका छन् भने सिनेमामा अफर आईरहदा उनलाई २५ देखि ३० लाख सम्म अफर आएको बताए । तर ‘शत्रु गते’ मा भने ८ लाख पारिश्रमीक लिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्