‘नाई मलाई थाहा छैन’ को रेकर्ड : कार्टुन्ज क्रु



पछिल्लो समय चर्चित गीतहरुले युट्युबमा २/४ महिनामा करोड भ्युज पुर्यारहेका हुन्छन् । यस्तैमा ‘कार्टुन्ज क्रु’को एउटा गीतले २ करोड भ्युज कटाएको छ । कार्टुन्ज क्रु को अभिनय रहेको संजिव पराजुली र टिका प्रसाइँले गाएको गीत युट्युबमा २ करोडभन्दा धेरैपटक हेरिएको छ । गीतमा एकनारायण भण्डारीको शब्द र आशिष अबिरलको संगीत छ ।

यो समाचार तयार पार्दासम्म गीतको भिडियोमा २ करोड २ लाख भन्दा धेरैपटक हेरिएको छ । ९३ हजार लाईक र ६ हजार डिसलाईक रहेको गीतको भिडियोमा ३५ सय ४७ ओटा कमेन्टहरु छन् । सरोज अधिकारीको निर्देशनमा रहेको भिडियोलाई सरोजसँगै आश्मा विश्वकर्माले कोरियोग्राफी गरेका हुन् । युवराज पौडेलले खिचेको भिडियोलाई श्याम कुँवरले सम्पादन गरेका हुन् । गीतमा सरोज र आश्माको अलावा एलिसा राई, राम गुरुङ, लाक्पा डि लामा, सुबिन अधिकारी र बिकास राईले नृत्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्