सेक्सी बाजेको चुनाबी अनुभव : यौन नसुधारेसम्म राजनीति सुध्रिदैन (भिडियो सहित)



‘उ सेक्सी बाजे आयो ।’ किशोरकिशोरीको हुलबाट कसैले उनीतिर औँला सोझायो । खोटाङको विकट गाउमा आफूलाई सेक्सी बाजेको उपमा आइलागे पछि सत्तरी नाघेका मदन राई मुसुक्क मुस्कुराए । वृद्ध काया छोपेर झन् सेक्सी देखिने उपाय खोज्दै थिए सायद उनी ।

इन्टरनेटको जमानामा उनले नेपाल आजलाई दिएको अन्तरवार्ताले उनलाई दूरदराजसम्म सेक्सी बाजेको पहिचान दिलाइसकेको रहेछ । यौनमा आधारित पुस्तक लापुक(प्रत्येक अक्षरको अर्थ आफैँ खुट्याउनुहोस्) प्रकाशित गर्ने र यौनको सर्वव्यापकतालाई खुलारुपमा बुझाउने उद्घोष गरेका राई मख्ख परे जब किशोर किशोरीले यी बुढाका कुरा ठीक लाग्छन् भन्दै सही थापे ।

चुनावी प्रचारका क्रममा राई यी र यस्तै अनुभवबाट यौन बहशका लागि थप उत्साहित भएका छन् ।

नयाँशक्ति पार्टीका तर्फबाट खोटाङ जिल्लाबाट उम्मेदवार बनेका राई पराजित भए । उनले गरेको विउ राजनीति सफल भएन । बिऊ राजनीति अर्थात मतदातालाई बिऊ दिँदै मत माग्ने उनको शैलीले सफलता पाएन । तरपनि उनी निराश छैनन् । भन्छन्ः बामको हावाले मेरो मिसन खाइदियो । कृषि र यौनमा सुधार नगरी यो देश बन्दैन ।

कृषिविद राई शुरुमा लागेको थियो कृषि प्रणाली नसुधारी देशको विकास सम्भब छैन । बुझ्दै र भोग्दै जाँदा उनले निष्कर्ष निकाले कृषि र यौन प्रणाली सुधार नभएसम्म समस्याको हल हुँदैन । कृषि र यौनलाई राई सृष्टिको स्रोत मान्छन् तथा यी दुईको मानव सभ्यता एंव विकाससँग अन्योन्यास्रित सम्बन्ध रहेको तर्क गर्दछन् । यौनकै कारण आधा हिस्सा भन्दा धेरै रहेका महिला नेपाली समाजमा पछाडि रहेको राईको निष्कर्ष छ । यौनकै कारण महिलालाई घरबाहिर जान दिइँदैन, अनि जनसंख्याको आधा हिस्सा बन्दी जस्तो रहेको समाज कसरी विकास हुन्छ ? राई औँला ठड्याउँदै जिब्रो पड्काउँदै प्रश्न गर्छन । उनको सूत्र छः यौनको दुरुपयोग नगरौँ, सदुपयोग जत्ति गर्दा हुन्छ । यौनको सदुपयोगका सम्बन्धमा उनी धाराप्रवाह बोल्न सक्छन् ।

राईकै शब्दमा लापू सृष्टिको स्रोत हो । ‘सृष्टिको मुहानकै बारेमा मानिसमा ज्ञान नभएपछि अरु कुरामा के ज्ञान हुन्छ ?’ उनी थप तर्क गर्छन्, ‘लापू नसुधारिकन राजनीति सुध्रिदैन । सृष्टिको स्रोत नै फोहोर छ भने बाँकी कुरा कसरी सफा हुन सक्छ ?’ यौनका सन्दर्भमा स्पष्ट बहश र स्वस्थकर अनुभव नहुँदा समाजमा विकृति फैलिएको राईको दाबी छ ।

राईले यौन स्वास्थ्य र यौन कर्मका बारेमा आफ्नो अनुभव सहितको पुस्तक लेख्दैछन् । कृषि विद्यालयको स्थापना गरेका राईले सो विद्यालयमा यौनका बारेमा व्यहारिक ढंगले ज्ञान दिइएको बताए । आफ्नो यौन अन्तरवार्ता डाउनलोड गरि गरि किशोर किशोरीले हेरेको उनको दाबी छ ।

चुनावको चुरो कुरा
नयाँशक्ति पार्टी एक सिटमै खुम्चियो । बाबुराम भट्टराईको व्यक्तित्वले दिलाएको जित बाहेक प्रतिनिधिसभामा अर्को कोही उम्मेदवारले बाजी मार्न सकेन । नत नयाँशक्ति राष्ट्रिय पार्टी बन्न सक्यो । यो विषम परिश्थितिमा पनि राई नयाँ शक्तिलाई विकल्पका रुपमा प्रस्तुत गर्दछन् । बाबुराम भट्टराईमाथि गरिएको चौतर्फी घेराबन्दी नै नयाँ शक्तिको औचित्य पुष्टिको आधार भएको उनको भनाइ छ । ‘बाबुराम भट्टराईसँग पूराना शक्ति नडराएको भए उनीमाथि किन खनिन्थे ? पार्टी खोल्न नपाउँदै चुनावमा जानु परेको तथा स्थानीय निकायको निर्वाचनमा चुनाव चिन्हसमेत नदिएकाले पार्टीको मत कम आएको उनको स्पष्टिकरण छ । देश बाबुरामकै एजेण्डामा अघि बढेको उनको तर्क छ । बाम लहरले अन्य दललाई जस्तै नयाँ शक्तिलाई पनि हानी पु¥याएको र बाम गठबन्धनले विकास गर्न नसकेमा जनताले बिकल्प खोजि हाल्ने राईको दाबी छ । देश सफल बनाउने आफूहरुको अभिष्ट भएकाले बाम गठबन्धन सफल भइदियोस् भन्ने कामना गरेको राईले बताए । नयाँशक्ति सहितको गठबन्धन बनेको भए बाम गठबन्धनले दुई तिहाइ ल्याउने निश्चित रहेको तर सो मौका प्रचण्डको हठका कारण गुमेको राईको बुझाइ छ ।

नयाँ शक्ति र विवेकशिल साझाको एकताबारे
बाबुराम भट्टराईको नेतृत्व नयाँ शक्ति र विवेकशिल साझा लगायतका पार्टी मिलेर बैकल्पिक शक्ति बनाउनुपर्ने राईको सुझाब छ । राईको विचारमा दुबै पार्टी मिल्दा नेतृत्व र संगठनले पूर्णता पाउनेछ र अर्को निर्वाचनमा बलियो पार्टी बन्नेछ । विवेकशिल साझाले विवेक नपु¥याउदा अहिलेकै निर्वाचनमा राष्ट्रिय पार्टी बन्ने अवसरबाट बञ्चित हुनुपरेको राईको विष्लेषण छ ।

प्रतिक्रिया दिनुहोस्