लेडी गागालाई फाइब्रोमायेल्जिया रोगको संक्रमण



एजेन्सी – चर्चित अमेरिकी गायिका लेडी गागाले आफ्नो सामाजिक सञ्जालमार्फत आफुलाई फाइब्रोमायेल्जिया रोगको संक्रमण भएका जानकारी दिएकी छिन ।

अन्तराष्ट्रिय मिडियाका अनुसार फाइब्रोमायेल्जिया नामक रोगका कारण उनले आफ्नो वल्र्ड टुरअन्तर्गतका १० स्थानका शोहरु रद्ध गर्नुपरेको छ। फेसबुक अकाउन्टमा आफ्नो प्रशंसकसँग माफी माग्दै उनले लेखेकी छिन्– ‘यसो गरिरहँदा मलाई राम्रो लागिरहेको छैन तर, मैले यो अवस्थामा आफ्नो पनि ख्याल गर्नुपर्ने भएकाले मैले आफ्नो वल्र्ड टुरका बाँकी स्थानमा शो रद्ध गर्नुपरेको छ।’

गागाले यस्तो रोगले शरीरमा भयानक पीडा हुनुका साथै यो लामो समयसम्म रहने समेत उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्