सन्दीपले लिए चार विकेट : नामिबियाले नेपाललाई दियो १३९ रनको लक्ष्य



काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत उद्घाटन खेलमा नामिबियाले नेपाललाई १३९ रनको लक्ष्य दिएको छ। सन्दीप लामिछानेले नेपालका लागि सर्वाधिक चार विकेट लिए

टस जितेको नेपालले फिल्डिङ रोजेको नेपालले नामिबियालाई ३४ दशमलव २ ओभरमा १३८ रन बनाएर अलआउट गरेको हो।

नामिबियाका ब्याट्सम्यानलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीपले ४ विकेट लिँदा, सोमपाल कामी ३, बसन्त रेग्मी, पारस खड्का र शरद भेषावकर एकएक विकेट लिए

प्रतिक्रिया दिनुहोस्