काठमाडौँ, २५ माघ : जापान सरकारले धादिङको विकट गाउँ सेर्तुङमा अवस्थित विद्यालय भवन निर्माण गर्न रु ९२ लाख अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।
अनुदान सहयोगसम्बन्धी सम्झौतामा आज यहाँस्थित जापानी राजदूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रंकेश गुरुङले हस्ताक्षर गर्नुभयो । विसं २०७२ को भूकम्पबाट भत्केको च्याम्रादेवी माविको भवन निर्माण गर्न जापान सरकारले विद्यालय व्यवस्थापन समितिलाई सोझै अनुदान उपलब्ध गराउन लागेको हो । रासस