काठमाडौं, २५ माघ
युवा गायक विमल गौतमले एउटा नयाँ स्वादको गीत ‘रुपको झड्का’ बजारमा ल्याएर यतिखेर छुट्टै तहल्का मच्चाएका छन् ।
हुनत उनको यो भन्दा पहिला ‘घरबेटी बा’ बोलको यथार्थपरक गीतले भरपुर मायाको ताली पाईसकेको छ त्यहि ताली पाएसंगै विमलको पछिल्लो गीतले झनै चर्चा कमाइरहेको छ ।
गम्भिर विष्टको कोरियोग्राफर तथा मोडल एवं नायिका एलिसा राईको मोडलिंग रहेको गीतमा विमलले संगीतप्रमीहरुलाई नयाँ स्वाद चखाएका छन् ।
एक दर्जन बढी गीत श्रोतामाझ ल्याइसकेका बिमलको गीतमा एलिसा र गम्भीरको दमदार डान्स हेर्न सकिन्छ । शुक्रबार मात्रै सार्बजनिक गरिएको भिडियोले ७५ हजार बढी भ्यूअर्स पाइसकेको छ ।
प्रकाश श्रेष्ठसँग सहकार्य गरेर गीतको शब्द तयार पारेका विमलले संगीत भने आफैले गरेका छन्। बुढासुब्बा म्यूजिक कम्पनीमार्फत उक्त गीत युट्युवमा सार्वजनिक गरिएको छ ।
नवराज उप्रेतीको छायांकन रहेको गीतमा ‘ह्याण्ड टु ह्यान्ड क्रु’ डान्स ग्रुपले एलिसा र गम्भिरसँग नृत्यमा साथ दिएको छ । भिडियोको निर्देशन गम्भिर आफैँले गरेका छन् ।
भेनस रेकर्डिङ स्टुडियो महाराजगन्जमा रेकर्ड गरिएको गीतको एरेन्ज बिक्रम कार्कीले गरेका छन् । ‘युवा पुस्ताले बोली चालीमा प्रयोग गर्ने भाषालाई गीतको शब्दमा समावेश गरिनुका साथै संगीतमा लोकपन र आधुनिता दुबैको उत्तिकै उत्कृष्ट फ्युजन गरिएको छ ।’