एमाले संसदीय दलको नेताका लागि प्रदेश नं. १मा आचार्य र राईको उम्मेदवारी



काठमाडौं, २६ माघ

प्रदेश नम्बर १ मा एमाले संसदीय दलको नेताका लागि भीम आचार्य र शेरधन राईले उम्मेदवारी दर्ता गराएका छन् । सहमतिको प्रयास असफल भएपछि दुईजनाले मनोनयन दर्ता गरेका हुन् ।

आचार्यको प्रस्तावकमा तुलसी न्यौपाने र समर्थकमा गणेश काम्बाङ रहेका छन् । यस्तै राईको प्रस्तावकमा जगदीश कुशैत र समर्थकमा हिक्मत कार्की रहेका छन् ।

अब मुख्यमन्त्री बन्ने बाटोको रुपमा रहेको संसदीय दलको नेताका लागि आचार्य र राईबिच प्रतिस्पर्धा हुने भएको छ । प्रदेश नम्बर १ मा एमालेका ५१ प्रदेशसभा सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्