एमाले संसदीय दलको नेताका लागि प्रदेश ३मा शाक्य र पौडेलले दिए उम्मेदवारी



काठमाडौं, ३६ माघ

प्रदेश ३ को एमाले संसदीय दलको नेता सहमतिमा चयन हुन नसकेपछि अन्तत: अष्टलक्ष्मी शाक्य र डोरमणी पौडेलबीच चुनावी प्रतिष्पर्धा हुने भएको छ ।

अहिले  दिउँसो १२ बजेबाट हुने चुनावका लागि एमाले अध्यक्ष केपी ओलीको पक्षबाट पौडेल र वरिष्ठ नेता माधव नेपालको पक्षबाट शाक्यले उम्मेदवारी दर्ता गराएका छन्। यसअघि संसदीय दलको नेताका प्रमुख आकांक्षी रुपमा रहेका राजेन्द्र पाण्डेले उम्मेदवारी दर्ता नगरी शाक्यलाई नै सघाउने भएका छन्।

यसअघि डोरमणी पौडेल प्रदेशसभाको सभामुख बन्ने चर्चा चले पनि ओली पक्षधर प्रदेशसभा सदस्यहरुको स्थिति बलियो देखिएसँगै उनी संसदीय दलको नेताका लागि प्रतिष्पर्धामा उत्रिएका हुन्।

चुनाव ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा हुने छ।

प्रतिक्रिया दिनुहोस्