शिल्पाको “मंगलम”को ट्रेलर यस्तो बन्यो



काठमाडौं, २६ माघ

यतिखेर फिल्म ‘मंगलम’को अफिसियल ट्रेलर रिलीज भएको छ ।  कार्यकारी निर्माताका रुपमा छविराज ओझा रहेको फिल्मको आशातित् प्रचार सामाग्री सार्वजनिक गरिएको छ ।

फिल्ममा शिल्पा पोख्रेल, पुष्प खड्का र पृथ्वीराज प्रसाइबीचको त्रिकोणात्मक प्रेमकथा चित्रण गरिएको छ । शिल्पा पोखरेलको प्रस्तुतीमा ‘मंगलम’लाई नवल नेपालले निर्देशन गरेका हुन् ।

साम्राज्ञी राज्यलक्ष्मी शाह, नीर शाह, मिथिला शर्मा जस्ता चर्चित कलाकारहरुको पनि’मंगलम’भित्र अभिनय छ ।’मंगलम’ फागुन २५ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्