रुकुमका २१ वर्षीय युवाले आविष्कार गरे घरमा चोर पसेको सूचना दिने यन्त्र



काठमाडौं, २६ माघ

जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका-११ भलाक्चाका २१ वर्षीय वसन्त वलीले कोठामा कोही प्रवेश गर्यो भने थाहा पाउने सेक्युरिटी सिस्टम नामको यन्त्र आविष्कार गरेका छन्। रुकुम पश्चिमका एक विद्यार्थीले घरमा चोर पसेको सूचना दिने यन्त्र आविष्कार गरेको हो।

दाङको पद्मोदय नमूना माध्यमिक विद्यालयमा इलेक्ट्रिकल इञ्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत ओलीले यस्तो यन्त्र आविष्कार गरेपछि जिल्लामा उहाँको निकै चर्चा चलिरहेको छ । वलीले योसँगै अन्य विभिन्न ३० वटा उपकरण पनि बनाएको बताए । उनले बनाएका केही उपकरण बिक्रीका लागिसमेत बजारमा आइसकेका छन् ।

‘मैले बनाएको सबैभन्दा राम्रो उपकरण सेक्युरिटी सिस्टम हो,’ २१ वर्षे वलीले भने, ‘यसमा पहिले नै मोबाइल नम्बर सेट गरिएको हुन्छ, कोठामा कोही प्रवेश ग¥यो भने मोसन र हिटका आधारमा मेसिनले जुन व्यक्तिको फोन नम्बर सेट गरिएको हुन्छ, त्यसमा फोन गर्छ ।
सम्बन्धित व्यक्तिले फोन उठाएपछि कोठाभित्र भइरहेको गतिविधिको आवाजसमेत सुन्न सकिने उनले बताए ।

रातिको समयमा पसल, घर, कार्यालयलगायतका ठाउँमा हुने चोरीको सूचना दिन यो उपकरण सहयोगी बन्ने विश्वाससहित आफूले उपकरण तयार पारेको वलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्