खुट्टा नभएपनि जिउँने साहश : प्रेरणा बन्न सक्छ तपाईंको लागि



मानिसका जीवन नै हो हरेक परिस्थितीसंग पनि जुधेर बाच्नै पर्छ । आफुमा भएको कमीलाई शक्तिको रुपमा बदल्न सक्नु नै असली जिन्दगी जिउनु हो । प्राय हामी साङ्ग भएर पनि हिम्मत हार्ने गछौ अनि सोच्छौ आफ्नो जिन्दगी भार भएको तर चीनमा एउटी यस्ती युवती छिन् जो हौसलाको लागि हरकोहीको प्रेरणा बन्न सक्छिन् । दुबै खुट्टा गुमाएकी उनले अपाङगतालाई नै हराएकी छिन् भन्दा फरक पर्देन् ।

चीनको युवांत प्रान्तमा बस्ने चार वर्षीय कियानले दुर्घटनाको कारण आफ्नो दुबै खुट्टा गुमाईन् । उनले बास्केटल बल खेलेर सबैलाई चकित पारेकी छिन् । उनले आफ्नो हातको साहाराले टेकेर नै बास्केटल बल खेलेर चीन लगायत बिश्वमा जुन प्रसिद्धी पाएकी छिन् त्यसले उनलाई चर्चामा पुर्याएको छ ।

२० वर्षीय उनी अपाङ ब्यक्तिहरुको प्लेईङ फेडेरसनको स्विमिङ क्लबमा ज्वाईन हुने पहिलो ब्यक्ति पनि बनेकी छिन् । त्यतिमात्र होईन उनी वल्र्ड क्लास स्वीमर पनि हुन् । हाल बासकेटबल गर्लको रुपमा परिचित उनले रिहैबिलिटेशन रिर्सच सेन्टरमा निशुल्क उपचार पाएर नक्कली खुट्टा राखेपछि हाल भने नयाँ जिन्दगी पाएर उनले बास्केटबलको अभ्याससमेत गर्न थालिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्