प्रधान सेनापतिद्वारा पूर्व प्रधान सेनापतिहरु एवं अवकाश प्राप्त रथीवृन्दहरुसँग जंगी अड्डामा भेटघाट तथा अन्तरक्रिया



आज मिति २०७४ माघ २५ गते जंगी अड्डा, भद्रकालीमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरु एवं पूर्व रथीवृन्दसँग भेटघाट तथा अन्तरक्रिया गर्नु भएको छ । नेपाली सेना सम्बन्धि विभिन्न गतिविधि तथा राष्ट्रिय सुरक्षासँग संवद्ध समसामयीक विषयहरुमा नियमित रुपमा सेनाका निवर्तमान वरिष्ठ रथीवृन्दबीच हुने भेटघाट तथा अन्तरक्रियाको क्रममा जंगी अड्डामा उक्त कार्यक्रम भएको हो ।

सो कार्यक्रमलाई संवोधन गर्दै प्रधान सेनापति महारथी श्री क्षत्रीले नेपाली सेनाको समयसापेक्ष सुदृढिकरण तथा क्षमता विकासको लागि हाल भईरहेका गतिविधिहरु बारे संक्षिप्त जानकारी गराउनु भएको थियो । सो कार्यक्रममा वर्तमान सुरक्षा स्थितिको विश्लेषण, नेपाली सेनाबाट भईरहेका गतिविधि तथा कल्याणकारी गतिविधी बारे सम्बन्धित निर्देशनालयहरुबाट जानकारी गराईएको थियो ।

उक्त अवसरमा पूर्व प्रधान सेनापति र रथीबृन्दहरुले राष्ट्रिय सुरक्षा तथा समसामयिक विषयमा धारणा राख्नु भएको थियो । बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले उक्त कार्यक्रमको समापनको क्रममा प्रधान सेनापतिज्यू लगायत पूर्व प्रधान सेनापतिहरु एवं पूर्व रथीवृन्दको उपस्थिति तथा सह्रानिय राय सुझावहरुको लागि धन्यवाद व्यक्त गर्नु भएको थियो । सो कार्यक्रममा पूर्व प्रधान सेनापतिहरु तथा बहालवाला एवं पूर्व वरिष्ठ रथीवृन्दको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्