कैलाश बैंकको ४३औँ शाखा भैरहवामा सुरु



कैलाश विकास बैंकले शुक्रबार ४३औँ शाखा विस्तार गरी सिद्धार्थनगरको नारायणस्थानबाट आफ्नो कारोवार सुरु गरेको छ । शाखाको एक समारोहका बीच बैंक संचालक समितिका अध्यक्ष नारायण प्रसाद पौडेलले उद्घाटन गरे । शाखा उद्घाटन गर्दै अध्यक्ष पौडेलले बैंकले सेवाग्राहीको सुविधालाई विशेष प्राथमिकतामा राखेर बैंकिङ नियमको पालना गर्दै सेवा प्रवाह गर्ने बताए ।

विभिन्न तीन वटा उत्कृष्ट वित्तीय सम्मान प्राप्त गर्न सफल यस बैंकको चुक्ता पुँजी २ अर्ब ५२ करोड तथा १९ अर्ब निक्षेप संकलन गरी १७ अर्ब ६९ करोड कर्जा प्रवाह गरेको जनाईएको छ । काठमाडौंमा केन्द्रीय कार्यलय रहेको बैंकले देशका विभिन्न ४२ वटा स्थानबाट बैंकिङ सेवा तथा २२ स्थानबाट एटिएम सेवा प्रवाह गर्दै आईरहेको छ ।

प्रविधिको विकाससंगै आधारभुत बैंकिङ सेवासंगै मोबाईल बैंकिङ सेवा, एसएमएस, ईन्टरनेटसेवा, शेयर लगानी कर्ताको लागि सीआस्वा सेवा, रेमिट्यान्स सेवा लगायतका प्रविधिमा आधारित सेवा समेत प्रवाह गर्दै आईरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले जानकारी दिए ।

सो अवसरमा संचालक सुनिल नारायण श्रेष्ठ, कविराज पौडेल, चिन्तामणि पाण्डे, उद्धवराज पुरी, जनकराज ढुंगाना, उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य चोप नारायण श्रेष्ठ लगायतले सफलताको लागि शुभकामना प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्