सेक्स गर्न नमान्दा श्रीमती कुट्ने श्रीमान जेल चलान



श्रीमान श्रीमतीको बीचमा सहमतिमै सेक्स अर्थात् यौन सम्पर्क हुनुपर्छ । तर, भक्तपुरमा सेक्स गर्न नमानेकै नाममा निर्घात कुटपिट गर्ने श्रीमान जेल चलान भएका छन् । श्रीमती जयन्ती श्रेष्ठलाई गत पुस २६ गते घरमा स्टिलको पाईपले टाउँकोमा पटक– पटक हानेर घाईते बनाउने सूर्यविनायक नगरपालिका–२ बालकोट बस्न ३८ वर्षका सुमन श्रेष्ठ पुर्पक्षका लागि थुनामा गएका हुन् ।

भक्तपुर जिल्ला अदालतले शुक्रबार यस्तो फैसला गरेको हो । भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधिस भोजराज शर्माको एकल ईजालासले मुलुकी ऐन अदालती बन्दोबस्त ११८ को दफा २ अनुसार कानून बमोजिम सिधा पाउने गरी थुनामा राखी मुद्दाको पुर्पक्ष गरी अदाली व्यबस्था १२४ बमोजिम आदेश दिएको हो ।

यो जोडीको २०६२ सालमा विवाह भई ८ वर्षकी छोरी सुनिधी र ६ वर्षको छोरा सफल जन्म छन्। सुमनले माईत जादा वा अरु कोही व्यक्तिसँग बोल्दा पनि शंका गर्ने, बेला बेलामा कुटपिट गर्ने गरेको बयानमा उल्लेख छ।

पुस २६ गते पनि यौन सम्पर्क गर्न नदिए पछि आवेगमा आएर सुमनले स्टीलको पाईपले टाउँकोमा हानेर बेहोस र मरणासन्न अवस्थामा पुर्याई कोठामै छाडेर हिडेपछि परिवारका सदस्यले उनलाई अस्पताल पुर्याएका थिए । घाइते श्रीमतीको टाउकोमा दुई दर्जन टाका लगाईएको छ ।

प्रतिक्रिया दिनुहोस्