प्रधान सेनापति र मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्यासिफिकका कमान्डिङ्ग जेनरल बीच भेटवार्ता



प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्यासिफिकका Commanding General Robert B. Brown ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । भेटवार्तामा उहाँहरु बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।

यसअघि, उहाँले आजै टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नु भएको थियो भने उहाँको सम्मानमा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । साथै, जंगी अड्डाभित्र उहाँलाई नेपाली सेना सम्बन्धि प्रस्तुतिकरण समेत दिइएको थियो ।

नेपालको ४ (चार) दिने औपचारिक भ्रमणको सिलसिलामा मिति २०७४ माघ २५ गते काठमाडौं आई पुग्नु भएका General Robert B. Brown लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी श्री ईश्वर हमालले स्वागत गर्नु भएको थियो । भ्रमण सम्पन्न गरी उहाँ मिति २०७४/१०/२८ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्