भुतको नाटक गरि सिंगो देशलाई आतंकित गर्ने युवती (भिडियो सहित)



टिकाथलीमा भूतको आतंक मच्चाउनेमाथि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ।बिस्तारै भूतको नाटक गरेर आफ्नै परिवार लगाएत सिंगो देशलाई आतंकित गर्नेहरुको अनुहार बाहिर आउदै छ.हेर्नुहोस त चर्चामा आउन यी महिलाले यस्तोसम्म गरिन ।

‘भुत काण्ड’मा संलग्न रहेका अञ्जना उपाध्याय र ललिता चौधरीलाई प्रहरी कार्यालयमा बोलाएर प्रहरीले घटनाबारे बयान लिएको हो । उनीहरुसँग बयान लिने क्रम जारी रहेको सातदोबाटो प्रहरी वृत्तले जनाएको छ ।घटनामा संलग्न रहेका र उनीहरुका परिवारहरुसँग पनि यसबारे सोधपुछ भइरहेको सातदोबाटो प्रहरी प्रमुख विनोद सिलवालले जानकारी गराए । उनीहरुलाई मंगलबार बेलुका प्रहरीले कार्यालयमा झिकाएको थियो ।

उनीहरुसँग बयान लिइसकेपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा मुद्दा अघि बढ्ने सिलवालले बताए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रमुख, डीआइजी पुष्कर कार्कीले भूतकाण्डको सत्यतथ्य पत्ता लगाई दोषी उपर कारबाही अगाडि बढाउन निर्देशन दिएका थिए । सोही बमोजिम प्रहरीले एक्शन लिएको हो ।

चर्चामा आउनका लागि उनीहरुले भूत आतंक मच्चाएको पुष्टि भइसकेको छ । उनीहरुले यति मात्र गरेनन् मिडियालाई पनि झुक्याउन सफल भएका छन ।

हेर्नुहोस यिनीहरुनै हुन् टिकाथलीमा भुतको नाटक गर्ने युवती, प्रहरी खोरमा.कडा भन्दा कडा कारबाही हुने, अञ्जना उपाध्याय र ललिता चौधरीसंग बयान लिदै प्रहरी :

प्रतिक्रिया दिनुहोस्