तीन वर्षको प्रेम पछि आमा छोरा भएको रहस्य खुल्यो



संसारमा आमा छोराको सम्बन्ध सबैभन्दा बढी पवित्र मानिन्छ । नेपाल भारत लगायतका मुलुकमा आमालाई देवीको उपमा दिइन्छ र देवी भन्दा ठूली मानिन्छ । तर, मेक्सिकामा यस्ता भएको छ जसले सबैलाई अचम्ममा पारेको छ । त्यहाँ मारिया नामकी एक महिला आफ्नो छोरासँग विवाह गर्ने अडान राखेकी छन् ।

र उनका छोरा पिटर पनि आमासँग विवाह गर्न चाहान्छन् । मेक्सिकोको सरकारले पनि यस्तो नाता स्विकार गर्दैन । उनीहरुलाई अलग गराएर सरकारले ३ बर्षका लागि सुधार गृहमा राखेको छ ।

यी दुईको काहानी हदै रोचक छ ।मारियाले १६ बर्षको उमेरमा पिटरलाई जन्म दिएकी थिइन् ।तर, उनले पिटरलाई सहि तरिकाले पाल पोषण गर्न सक्ने अवस्थामा थिइनन् । एक दम्पतीले पालन पोषणको जिम्मा लिए ।

आमा छोराको १८ बर्षसम्म भेटघाट र देखा देख भएन । जब उनीहरुको भेट भयो तब प्रेम शुरु भयो । दुवै बिचमा सम्बन्ध पनि बन्यो । त्यस पछि यी दुईलाई एक अर्काको बारेमा जानकारी भयो ।

तर, गहिरो प्रेम सम्बन्धका कारण उनीहरुको आमा छोरोको सम्बन्ध सकियो । एक समय दुवै प्रेम सम्बन्ध तोड्न लागि परेका थिए । तर त्यो प्रयास सफल हुन सकेन र चाँडै विवाह गर्ने फैसलामा पुगे ।

उनीहरुको निर्णय पनि सफल हुन सकेन । छिमेकीले उनीहरुका बारेमा थाहा पाएर प्रहरीलाई खबर गरेपछि उनीहरुको विवाह गर्ने योजना तोडियो । प्रहरीले उनीहरुलाई गिरफ्तार गरेर अहिले अलग-अलग राखेको छ । एजेन्सी
(मोरङ्ग अनलाईनबाट)

प्रतिक्रिया दिनुहोस्