अधिकांश छाडा शब्द भएको ‘गाँजा बाजा’ ट्रेलर सार्वजनिक



सिनेमा ‘गाँजा बाजा’को ट्रेलर सार्वजनिक गरिएको छ । एक बर्ष अघि नामका कारण प्रदर्शनमा रोक लागेको सिनेमा शुक्रबार सार्वजनिक गरिएको हो । सिनेमाको ट्रेलरमा लागुपदार्थ ‘गाँजा’को लतमा लागेका केटाहरुको कथालाई देखाईएको छ । शुशिल सिटौला र अनुपम शर्माको मुख्य भुमिका रहेको सिनेमामा उनीहरु क्रमश गोरे र डडेको भुमिकामा देखिएका छन् ।

ट्रेलरमा अधिकांश संवादहरुमा छाडा शब्दहरु प्रयोग गरिएको छ । टुक इंटरटेनमेन्ट र डिआर फिल्म्सको ब्यानरमा बनेको सिनेमाको प्रस्तुतकर्तामा दिपेन्द्र रेग्मी र गोमा बिष्ट थापा रहेका छन् । दीपेन्द्र, गोमा र नारायण प्रसाद पाण्डेको संयुक्त निर्माणमा बनेको सिनेमालाई गणेशदेव पाण्डेले लेखन तथा निर्देशन गरेका हुन् । नरेश पाण्डे र महेश चालिसेको सह–निर्माण रहेको सिनेमामा जकोपो रचलिकको छायांकन रहेको छ । फागुन २५ गते प्रदर्शनको तयारीमा रहेको सिनेमामा अनुपम र शुशिलको अलावा बर्षा शिवोकोटी, रक्षा श्रेष्ठ, रबिन थापा, उद्धबराज भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्