‘टिकाथली भुत काण्ड’ बन्यो रमाइलो गीत (भिडियो सहित)



छिल्लो समय मिडियामा राजधानीको ललितपुरमा रहेको एक घरको भुत काण्ड चर्चामा आईरहेको थियो । न्युज २४ टेलिभिजनको चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासँग’मा यो बिषयको उठान भएपछि ‘टिकाथली भुत काण्ड’ अझ धेरै चर्चामा आएको हो । अहिले फेसबुकमा मात्र नभएर युट्युबको ट्रेन्डिङमा पनि ५० प्रतिभन्दा बढि भिडियो टिकाथलीको भुत काण्ड कै रहेको छ ।

गत शनिबारको कार्यक्रममा छिमेकी र घरपरिवारको भनाई प्रसारण गरेको टेलिभिजनमा मंगलबारको कार्यक्रममा भने भुत नभएर घर परिवारकै एक सदस्यले त्यसरी सताउने गरेको रिर्पोट प्रस्तुत गरेको थियो । सोहि बिषयलाई लिएर अहिले युट्युबमा अनेक किसिमका भिडियोहरु आईरहेको छ । यस्तैमा फर्सी नेटवर्कले पनि एक भिडियो पोस्ट गरेको छ, जहाँ एक सुमन कार्की र करिश्मा केसी गन्र्धव जोडी बनेर एउटा बास्तविक कथालाई मध्यनर गर्दै गीत तयार पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्