डिप्रेशन रोगीका लागि च्याउ उपयोगी : एक अध्ययन



हालैको एउटा अनुसन्धानअनुसार, सिलोकाइबिन च्याउ उदासी रोग (डिप्रेसन) को उपचारमा धेरै लाभदायक हुन सक्छ । बेलायतस्थित इम्पिरियल कलेज अफ लन्डनका अनुसन्धाताद्वारा गरिएको यो अनुसन्धान ‘साइन्टिफिक रिपोर्ट’ मा प्रकाशित छ ।

सिलोकाइबिन च्याउ डिप्रेसनले प्रभावित व्यक्तिको मस्तिष्कको मुख्य तन्त्रको कार्य प्रणालीलाई पुन: सक्रिय तुल्याउन सक्षम हुने उक्त अनुसन्धानमा उल्लेख छ ।अध्ययनअन्तर्गत डिप्रेसनग्रस्त केही बिरामीको उपचार सिलोकाइबिन (एउटा मनोसक्रिय पदार्थ, जुन च्याउमा पाइन्छ) बाट गरे । अनुसन्धानमा ती बिरामी सामेल थिए जसको रोग पारम्पारिक उपचारका माध्यमले निको पार्न सम्भवभएको थिएन ।
अनुसन्धानअनुसार, उपचार गरिएको केही साता पछि सिलोकाइबिन लिने रोगीमा रोगको लक्षणमा कमी देखिन थाल्यो ।

प्रतिक्रिया दिनुहोस्