दुलही भित्राउने क्रममा बेहुलीले बच्चा जन्माएपछि..



काठमाडौं : कतिपय घटनाले मानिसलाई चकित पर्छन् । तर, त्यस्तै सबै घटना आफ्नो नजिकका हुँदैनन् । तर, एउटा नेपालमै भएको घटनाले भने सबै नेपालीलाई मात्र नभएर विश्वभरकै मानिसलाई चकित पारेको छ ।

सामान्यतया यस्तो कुरा धेरैले विश्वा पनि गर्दैनन् तर सिरहामा त्यस्तै भएको छ । सिरहाको सुखिपुर नगरपालिका–४ पोखरीयामा बेहुली बच्चा जन्माएपछि परिवार अलमलमा परेका छन् ।

स्थानीय राजकुमार मोचीका २२ वर्षीय छोरा उमेशकुमार रामले सिरहाकै तेनुवापटी शिवनगरका बलिराम मोचीकी छोरीसंग मागी विवाह गरेका थिए । शुक्रबार दुलही भित्राउने क्रममा बेहुलीले बच्चा जन्माएपछि परिवार अलमलमा परेको हो ।

दुलही भित्राउने क्रममा बच्चा जन्मेपछि लोकन्ती आएका बेहुलीका काका र भाईको जिम्मा लगाएर बेहुलीलाई माइती पठाईदिएको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्