सर्पले टोकी हालेमा के गर्ने ? भिडियो सहित



सबै सर्प विषालु हुँदैनन् र टोक्नासाथ व्यक्तिको मृत्यु पनि हुँदैन । तुरुन्त मृत्यु भएमा बिरामी डराएर हृदयघात भई मृत्यु भएको बुझ्नु पर्दछ । विष सर्न केही समय लाग्ने भएकाले विषकै कारणचाहिँ अलि समय पछि मृत्यु हुने गर्दछ । सर्पले टोकी हालेमा बिरामीले यस्ता उपाय अपनाउनुपर्छ

१. तनाव कम गर्न बिरामीलाई सान्त्वना दिने ।
२. टोकेको ठाउको तल्लो जोर्नीदेखि माथिल्लो जोर्नीसम्मको भागमा २ औंला छिर्ने गरी खुकुलो व्यान्डेज वा १० सेन्टिमिटर चौडा कपडाले बेर्ने (प्रेसर व्यान्डेज) ।
३. टोकेको भागलाई हल्लिन नदिन स्प्लिन्ट (काम्रो) को प्रयोग गर्ने र सक्दोचा“डो बिरामीलाई अस्पताल वा सर्पदंश केन्द्रमा पुर्याउने ।
४. सर्प मरेको भए पहिचानका निमित्त अस्पताल लैजाने, तर हरेक सर्पलाई चिकित्सकले चिनेकै हुनुपर्छ भन्ने हुन्न ।
५. उपचार नहुन्जेलसम्म बिरामीलाई पानीसमेत नखुवाउने ।

प्रतिक्रिया दिनुहोस्