शिवरात्रीमा निम्न कार्यहरु गर्नुहोस् चम्किन सक्छ तपाईको भाग्य !



केही दिनपछि अर्थात १३ फेब्रुवरीमा महाशिवरात्री पर्व मनाउन लागिएको छ। शिवपुराणका अनुसार भगवान शिवको पुजा गर्दा मनोकांक्षा पुरा हुने विश्वास छ। शिवजीलाई मन्त्रका देवता पनि भनिन्छ। त्यसैले शिवरात्रीमा मन्त्रको उपाय अप्नाउदा शुभ फल मिल्ने विश्वास गरिन्छ। आज हामी तपाईलाई केही मन्त्रका बारेमा जानकारी दिदैछौँ ।

१. घरमा शिवलिंगको विधिविधानसहित पुजा गर्नुहोस् । पुजा पछि श्री ओम नम शिवाय श्री ह्री ऐं को मन्त्रको १०८ पटक जप गर्नुहोस् । मन्त्र जप गर्दै शिवलिंगमा एकएक गर्दै बेलपत्र चढाउनुहोस् । त्यसपछि शिवलिंगमा चढाएका १०८ बेलपत्रलाई निकालेर आफ्नो घरमा मन्दिरमा राख्नुहोस् त्यसलाई हरेक बिहान पुजा गर्दा दुर्भाग्य हटने विश्वास गरिन्छ।

२. कुनै शिव मन्दिरम जानुहओस् र शिवलंगमा दुध चढाउनुहोस् अनि कालो तिल चढाएर ओम जुम सः मन्त्रको जप गर्दै अभिषेक गर्दा पीडा कम हुने विश्वास गरिन्छ।

३. शिवरात्रीमा सुगन्धित जलले भगवान शिवको अभिषेक गर्नुहोस् यसका लागि अलग अलग फुल जलमा मिसाएर शिवलिंगमा भडाउन सक्नुहुनेछ।

४. शिवरात्रीमा २१ बेलपत्रमा चन्दनले ओम नम शिवाय मन्त्र लेख्नुहोस् अनी शिव लिंगमा चढाउनुहोस्। त्यसपछि एक रुद्राक्ष पनि शिव लिंगमा लढाउने गर्नुहोस्।

५. यदी तपाईको घरमा कुनै प्रकारको तनाव छ भने शिवरात्रीको बिहान गोमुत्र छर्किएर धुप बाल्नुहोस्।

६. शिवरात्रीमा कुनै गरीब व्यक्तिलाई भोज गराए आफ्नो घरमा अन्नको कहिलै कमी नहुने विश्वास गरिन्छ।

प्रतिक्रिया दिनुहोस्