प्रदेस ३ मा मुख्यमन्त्रीको सपथ भोलि हुने



काठमाडौं, २८ माघ

आज प्रदेस नं ३ को मुख्य मन्त्री नियुक्त गर्नका लागि  नेकपा एमाले संसदीय दलले प्रदेशका सचिवलाई सपथका लागि पत्र बुझाएको छ । प्रदेस सभा सदस्य रामेश्वर फुयाल, नारायण सिलवाल, दिपक निरौला, गणेश दत्त दुलाल सहितको टोलीले प्रदेश प्रमुखका सचिवलाई भेटेर पत्र बुझाएका थिए।

नेकपा एमाले प्रदेस नं ३ का संसदीय दलका नेता डोरमणि पौडेलले लेखेको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम मुख्य मन्त्रीको सपथका लागि अनुरोध गरिएको छ ।

प्रदेस नं ३ को मुख्य मन्त्रीको सपथ भोलि माघ २९ गते हुने प्रदेस सभा सदस्य दिपक निरौलाले बताए ।नेकपा एमालेको संसदीय दलको पत्रसंगै नेकपा माओवादी केन्द्रका तर्फबाट पनि समर्थन गरिएको पत्र प्रदेसका सचिवलाई बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्