पशुपतिनाथमा शिवरात्रीको तयारी (फोटो फिचर)



काठमाडौं : महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा चहलपहल बढेको छ। भगवान शिवको प्रमुख पर्वको रुपमा लिइने महाशिवरात्रीका लागि भारत लगायतका विभिन्न स्थानबाट भक्तजनहरू आउने क्रम जारी छ।

अघिल्ला वर्षजस्तै यस वर्ष पनि विभिन्न मठबाट साधुहरू पशपति क्षेत्रमा आएका छन्। यस वर्ष नांगाबाबाहरूको भने उपस्थिति घटेको छ।

हिन्दुधर्मावलम्बीहरूको विशेष पर्वका अवसरमा पशुपति क्षेत्रमा रंगरोगन गरिएको छ। शिवरात्रीको अघिल्लो दिन ( सोमबार) सम्म रंगरोगन सक्ने तयारी छ। शिवरात्रीका लागि आएका साधुहरूलाई यहीँ बस्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। भनि आजको अन्नपुर्ण पोस्टमा खबर छ ।

हेर्नुस् शिवरात्री तयारीका फोटोहरूः

प्रतिक्रिया दिनुहोस्