युटुब ट्रेन्डिङमा पहिलो ‘दर्पण छायांँ २’ (भिडियो सहित)



पछिल्लो समय युटुब ट्रेन्डिङको पहिलो स्थानमा नेपाली सिनेमाहरु आईरहेका छन् । त्यस्तै धेरै समय ट्रेन्डिङमा बस्न सफल भएको सिनेमा ‘जात्रा’ पछि तुलसी घिमिरेको निर्देशन तयार भएको सिनेमा ‘दर्पण छायाँ २’ युटुब ट्रेन्डिङको पहिलो नंवरमा आएको छ । बिहिबार सार्वजनिक गरिएको सिनेमा आईतबार बिहानबाट ट्रेन्डिङको पहिलो नंवरमा आएको हो ।

नेपालमा ट्रेन्डिङको पहिलो नंवरमा आउँदा सिनेमालाई ७ लाख ६० हजार भन्दा धेरै पटक हेरिसकेको छ । सहारा फिल्म्स प्रोडक्सनको ब्यानरमा बनेको सिनेमालाई सबु गदाल कार्की र रबि कार्कीले संयुक्त रुपमा निर्माण गरेका हुन् । डाक्टर लोप्सङ लामाको प्रस्तुतीमा बनेका सिनेमामा र भारती घिमिरे र प्रकाश बराईलीको सम्पादन, रामेश्वर कार्कीको सिनेम्याटोग्राफी र छेडुप लामाको कोरियोग्राफी छ । सिनेमा मार्फत नायक पुष्पल खड्का र सहारा कार्कीले नेपाली सिनेक्षेत्रमा डेब्यु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्