प्रेम दिवस (फेब्रुअरी १४)



प्रेम दिवस हरेक बर्षको फेब्रुअरी १४ मा विश्व भरीनै उत्साहका साथ मनाईन्छ । बिषेश गरी विश्वभरीकै युवायुवतीले एउटा पर्वको रुपमा मनाउछन् प्रेम दिवस । फेब्रुअरी महिनालाई प्रेमको महिना मानिन्छ । मौसम प्रेममय बनेको छ । हावामा माया नै बगेको छ । मायाको धुन हरेक शहर, गल्लि, लेक, बेशिमा गुञ्जिन थालेको छ । काठमांडौँका विभिन्न पार्कहरु, रेस्टुरेन्ट, क्ल्बहरुमा मायालु जोडीहरुको भिड बढ्न थालेको छ । प्रेम दिवस आउनु भन्दा १ हप्ता हगाडी बाटनै प्रेम उत्सव सुरु हुन्छ । ७ फेब्रुअरि देखि १४ फेब्रेअरीसम्म लाई प्रेम सप्ताह भन्दा फरक नपर्ला । प्रेम सप्ताहको ७ विषेश दिनहरुलाई यसरी प्रस्तुत गरिएको छ ।

७ फेब्रुअरि रोज डे
रोज डे (गुलाफ दिवस) ले पे्रम दिवस सुरुभएको संकेत गर्दछ । फुल सबै भन्दा प्रिय चिज मानिन्छ, त्यस मध्ये गुलाफको फुल प्रिय मानिन्छ । प्रेम सप्ताहको पहिलो दिन आफुले माया गरेको मान्छे लाई गुलाफ दिएर माया साटासाट गर्दछन् । शब्दमा गर्न नसकिएको प्रेम लाई गरलाफ दिएर पनी ब्यक्त गर्न सकिन्छ । बिशेष गरी रातो गुलाफ लाई प्रेमको प्रतिक मानिन्छ । बजारमा विभिन्न रङका गुलाफहरु देखिन्छ । फरक रङको गुलाफले फरक अर्थ दिने मानिन्छ ।

८ फेब्रुअरी प्रपोज डे
प्रेम सप्ताहको दोश्रो दिन हो प्रपोज डे अथार्त प्रस्ताव दिवस । बर्षै देखि ब्यक्त गर्न बाँकी प्रेम प्रस्ताव तपाई प्रपोज डे को दिन राख्न सक्नुहुन्छ । आफुले मन पराएको मान्छेलाई गुलाफ दिँदै उ प्रतिको आफुनो भावना चाहाना मायाको महशुस ब्यक्त गर्न सकिन्छ ।

९ फेब्रुअरी चक्लेट डे
चक्लेट डे अथार्त चक्लेट दिवसको दिन आफ्ना नजिकका र प्रियजनहरुलाई चक्लेट दिएर खुशी बाढ्न सकिन्छ । प्रेम सप्ताहको तेश्रो दिन आफुले माया गरेको मान्छेलाई मुटु आकारको चक्लेट दिने चलन छ । चक्लेट जस्तै मिठो सम्बन्ध बनोस भनेर यो दिन चक्लेट सकटासाट गरेर मनाईन्छ ।

१० फेब्रुअरी टेड्डी डे
टेड्डीहरु प्रिय ब्यक्तिलाई दिने सबैभन्दा प्रिय उपहार मानिन्छ । मानिसहरु टेडे्डी सँगै आफ्नो विभिन्न आवेगहरु जस्तै रिस, खुसी, माया, सम्झना, पिर आदि टेडे्डी सँगै शेयर गर्ने गर्छन् । जस्तै खुशी हुदाँ टेडे्डी लाई किस गर्ने, कसैलाई सम्झिदा अगाँल्ने, रिस उठ्दा कुच्याउने आदि । प्रेम सप्ताहको चौथो दिन प्रेमीहरु आफ्ना प्रियजनहरुलाई टेड्डी उपहार दिन्छन् । ११ फेब्रुअरी प्रोमिस डे प्रोमिस(बाचा) गर्न सजिलो हुन्छ तर पुरागर्न भने निकै मेहेनत गर्नुपर्छ । प्रिय मान्छेसँग बाचा गर्नु भन्दा पनि आफ्नो माया र स्नेह उचित ढंगमा ब्यक्त गर्नु राम्रो मानिन्छ । बाचा गर्नु राम्रो हो तर अघिल्लो बाचालाई पुरा गरेर मात्र अर्काे बाचा गर्नु ठिक हुन्छ । जसले तयाइको सम्बन्ध बलियो बनाउन सहयोग गर्छ ।

१२ फेब्रुअरी हग डे
प्रेम सप्ताहको अर्काे एक महत्वपुर्ण दिन हग डे (अंकमाल दिवस) हो । अंकमाल न्यानो र आकर्षक भावना हो, जसले एकअर्कालाई आनन्दित बनाउछ । मनपराएका सँग मात्रै हैनकी आफ्नो नजिकका र प्रियजनहरुसँग पनी हग(अंकमाल) गर्दै खुशी बाड्न सकिन्छ । एउटा प्यारो अंकमालले जो कसैको दिन उज्वल बनाउन सक्छ । अंकमाल प्रेम र स्नेह व्यक्त गर्ने एक महत्त्वपूर्ण महसुस हो ।

१३ फेब्रुअरी किस डे
किस(चुम्बन) प्रेम देखाउने सबै भन्दा मिठो रुप हो । तपाई फरक शैलीमा प्रेम अभिब्यक्त गर्न सक्नुहुन्छ तर चुम्बन प्रेम अभिब्यक्त गर्ने उत्तम तरकिा हो । किस विभिन्न प्रकारका हुन्छन जस्तै फ्रेन्च किस,लिप टु लिप किस, फरहेड किस आदि । फरहेड किस लाई हेरचाह गर्ने चिन्हको रुपमा मानिन्छ भने फरहेड किस जिम्मेवार हुनसको चिन्ह पनि हो । किस डे प्रेम सप्ताहको छैठौँ दिनमा पर्छ ।

१४ फेब्रुअरी भ्यालेनटाइन डे
भ्यालेनटाइन डे अर्थात प्रेम दिवस, प्रेम गर्नेहरुले ब्ग्रता पुर्वक कुरेको दिन । प्रेम गर्न कुनैको जरुरी हुदैन र प्रेम एक दिन मात्र हुदैन । तर सबै दिन खर्चेर यो एक दिनलाई महत्वपुर्ण र स्मरणिय बनाउन सकिन्छ । भ्यालेनटाइन डे मा प्रेमिहरु एक अर्कालाई खुशी बनाउन मनपर्ने गिफ्टहरु साट्ने, मनपर्ने ठाँउमा घुम्न जाने, सरप्राइज दिने गर्छछन् । प्रेम दिवसको बिषयलाई लिएर विभिन्न प्रसंगहरु आएका छन् त्यस्तै एक प्रसंग यहाँ विकिपीडिया बाट समावेश गरीएको छ । १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो ।

यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे । उनको बुझाइ थियो( अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू.२७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

सँस्कृतमा माया शब्दको अर्थ भ्रम भन्ने हुन्छ । साधारण बुझाई अनुसार माया मनै देखि चाहनाको अनुभव गर्नु अथवा लगाव महसुस गर्नु वा एक ब्यक्तिको अर्को ब्यक्ति वा वस्तु प्रतिको आकर्षण हो । माया हरेक प्राणीको बिषेशता हो । एक न एक किसिमको माया हरेकको मनमा रहेको हुन्छ । मायाको आभास माया गर्ने मनहरुमा हरेक दिन रहन्छ । यहि माया गर्ने मनहरुले १४ फेब्रुअरी लाई दिवसको रुपमा मनाउदै आएका छन् ।

भनिन्छ प्रेम अनन्त छ अनि अदृश्य छ । न त यस्को अन्त्य छ न त रुप नै छ । प्रेम एउटा महशुस हो, आभाष हो, चाहाना हो । प्रेममा हरेक दिन खास हुन्छ, त्यस्तै केहि खास सम्झना बनाउन, अनन्तमा स्मरण गराउन यो दिनलाई प्रेम दिवसको रुपमा मनाईन्छ । ७ फेब्रुअरी बाट प्रेमसप्ताह सुरु गरीन्छ अनि फेब्रुअरी महिनालाई प्रेममहिना भनिन्छ ।

माया गर्ने हरेक मनहरुलाई प्रेम दिवसको शुभकामना । यो प्रेमसप्ताहको हरेक दिन स्मरणिय बनोस । प्रेमिल महिना फेब्रुअरी मायाले भरियोस । तपाइको प्रेम अमर बनोस ।

प्रतिक्रिया दिनुहोस्