केन्द्रीय अनुसन्धान ब्यूरोेद्वारा कलाकार राजेन्द्र खड्गी पक्राउ



प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोेले द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई  पक्राउ गरेको छ ।

गैरकानुनी तरिकाले मानिसलाई दक्षिण कोरिया पठाएको आरोप खड्गीमाथि लागेको छ । केही समय अगाडि दक्षिण कोरियामा सांस्कृतिक कार्यक्रममा भाग लिन खड्गीसहितको जम्बो टोली त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट बाहिरिएको प्रहरीको भनाई छ । तर, खड्गी र अर्को एकजना मात्रै नेपाल फर्केको र बाँकी ११ जनालाई उतै बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।

प्रतिव्यक्ति १० देखी १५ लाख रुपैयाँ असुल गरेर रोजगारीका लागि आकर्षक गन्तब्य मानिएको दक्षिण कोरियामा मान्छे पठाएको सूचना प्रहरीले पाएको थियो । त्यहीँ आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोेले उनीमाथि अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्