नामिबियाको मौसमले नेपाल र युएईबीचको खेल प्रभावित



काठमाडौं, २८ माघ

नेपाल र युएईबीचको तेस्रो खेल नामिबियाको मौसमले प्रभावित भएको छ।

आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज सवा १ बजे तय खेल चिसो मैदानका कारण टसमासमेत ढिलाइ भएको हो।

टसमा ढिलाइ हुने भएपछि अब खेल पनि ढिलो हुने क्रिक इन्फोका रिपोर्टर पिटर डेला पेनाले ट्विटरमा जनाएका छन्। नामिबियामा आज अपरान्ह पनि मौसम सफा नहुने उनले जनाएका छन्।

यसअघि नेपाल र नामिबियाबीचको पहिलो खेलको अन्त्यतिर पनि मौसमले प्रभावित भएको थियो। तर कुनै ओभर नघटाइकन खेल भएको थियो।

यसअघि मौसमकै कारण केन्या र नामिबियाबीचको खेल स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस्