१३२ कलाकारको सामूहिक स्वरमा रहेको ऐतिहाँसिक देउडा गीत विमोचन



काठमाडौं, २८ माघ

मध्य तथा सुदुरपश्चिमका बहुचर्चित एक सय ३२ कलाकारहरुको सामुहिक स्वरमा समर्पित ऐतिहाँसिक देउडा ‘गीत २०७४ न्याउल्या…’ को हिजो विमोचन भएको छ ।

काठमाडौंको राष्ट्रिय नाँचघरमा उक्त गीतको विमोचन नेपाल सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेत, भौतिक योजनामन्त्री वीरबहादुर बलायर र नेपाल प्रहरीका एआईजी जयबहादुर चन्दले संयुक्त रुपमा उद्धघाट्न गरेका हुन् ।

बिग परिवेश डिजिटल रेकर्डिङ स्टुडियोको प्रस्तुतिमा भुवन प्रकाश बडुको एकल प्रयासमा उक्त गीत तयार पारिएको हो । गीतको विमोचन गर्दै अतिथिहरुले सफलताको शुभकामना दिएका थिए ।

सुदुरपश्चिमको मौलिक भाकामा रहेको उक्त देउडा गीतमार्फत आफ्नो भाका, संस्कृतिको सरंक्षण एवम् प्रवद्र्धन गर्ने हेतुले तयार पारिएको बडुले विश्वास दिलाएका छन् ।

उक्त गीतको संगित–संयोजन तथा परिकल्पना बडुको रहेको छ भने शब्द संकलन भने टेकबहादुर ऐरले गरेका छन् । त्यस्तै लय संकलन एम.के. ठकुराठीको रहेको छ । गीतको भीडियोको छायांकन तथा सम्पादन अमन बडु, रेकर्ड तथा मिम्सिङ जीवन बडु, निर्देशन दिपक जोशी रहेको । त्यस्तै गीतमा देवु बोहरा, मेरिना लगायतले अभिनय गरेका छन् । त्यस्तै प्रस्तुतकर्तामा माही बडु रहेकी छिन् ।

विमोचन कार्यक्रमको सञ्चालन सञ्चारकर्मी हरिशरण लामिछानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्