पेटमाथि तरबारले खर्बुजा कार्टी विश्व रेकर्ड (भिडियो सहित)



दक्षिण एसिया । भारतका दुई युवाले खतरनाक काम गरी गिनिज रेकर्डमा नाम लेखाएका छन् ।

जिम्मी खरादी र बाजी कसड नामका दुई युवाले पेटलाई अचानो बनाएर तरबारले खर्बुजा कार्टी विश्व रेकर्ड दर्ता गराएका हुन् ।

खरादीको पेटमाथि राखिएका खर्बुजाहरु ३० इन्च लामो तरबारले कसडले छपछपी काटेका थिए । रेकर्ड बनाउने क्रममा उनले ४८ वटा खर्बुजा काटेका थिए ।

सो क्रममा जापानी तरबार प्रयोग गरिएको थियो, जसले सजिलै पेट काट्नसक्थ्यो । ४८ वटा खर्बुजा तरबारले काट्दा समेत खरादीको पेटमा धारिलो तरबारले अलिकति पनि छोएन ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस्