११ बर्षीया बैज्ञानिक गीताञ्जली, आविष्कारका लागि पाइन् २५ हजार डलर



अमेरिका । भारतीय मूलकी एक ११ वर्षीया छात्राले पानीमा लेड (सिसा) प्रदूषण पत्ता लगाउने सरल तरिका विकास गरेर अमेरिकाको टप योंग साइन्टिष्ट अवार्ड जितेकी छिन् ।

गीताञ्जली रावलाई आफ्नो विचार विकसित गर्नको लागि शीर्ष वैज्ञानिकहरुसँग तीन महिना बताउनको लागि १० प्रतियोगीमध्ये एक चुनिएको थियो । उनले सोही क्रममा कार्बन नैनोट्युब्सबाट पानीमा लेड हुने कुरा पत्ता लगाएकी हुन् ।

अमेरिकामा हजारौँ जलस्रोत लेडबाट प्रदूषित भइरहेका छन् । गीताञ्जलीले आफ्नो खोज अमेरिकाको मिसिगन प्रान्तको फ्लिन्ट सहरमा सन् २०१४ ०१५ मा भएको जलप्रदूषणबाट प्रेरित रहेको बताइन् ।

अहिलेसम्म पानीमा लेडको जाँच गर्ने प्रविधि महंगो रहेको थियो भने नमूना पनि ल्याबसम्म पठाउनुपर्दथ्यो । तर गीताञ्जलीले बनाएको उपकरणबाट अब सहज भएको छ । यसलाई मोबाइल एपमा जोडेर तुरुन्तै पत्ता लगाउन पनि सकिन्छ । ग्रिक देवी टेथ्रिजको नाममा यो उपकरणको नाम राखिएको छ ।

गीताञ्जलीलाई अवार्डको साथसाथै २५ हजार डलरको नगद पुरस्कार समेत दिइएको छ ।

बीबीसी हिन्दीबाट अनुवादित

प्रतिक्रिया दिनुहोस्