कसरी गर्छिन २३ बर्षीय युवतीले २ युवासँग प्रेम ? यौन सम्बन्धको यस्तो व्यवस्था



काठमाडौं । एउटी युवतीले दुई युवासँग कसरी प्रेम गर्न सक्लिन् र, त्यसमा पनि समान प्रकारको प्रेम । यो प्रश्नको जवाफ सायद नोनीले दिन सक्छिन् । उनका दुई व्याएफ्रेण्ड छन् । स्कटल्याण्डको नर्थ बरविकमा रहँदै आएकी नोनी २३ वर्षकी भइन् ।

बीबीसी स्कटल्याण्डको डकुमेन्ट्री ‘लभ अनलिमिटेड’का लागि कुरा गर्दै नोनीले भनेकी छिन्, ‘एक पार्टनरसँग सम्बन्ध गलत हुँदैन । यदि कसैले मलाई प्रेम गर्छ भने म किन अस्वीकार गरुँ । म थोरै लोभी छु । म ति मान्छेलाई मन पराउँछु, जसले मलाई मन पराउँछन् ।’

ओपन रिलेशनसीप ‘मोलीयेमरी’ त्यो सम्वन्धलाई भनिन्छ जब कोही व्यक्ति एकै समयमा एक भन्दा धेरैसँग सुमधुर सम्वन्धमा रहन्छ । नोनी भन्छिन्- यसमा त्यो सम्बन्ध पनि सामेल छ जो एक पार्टनरको अलावा अरु पनि पार्टनर बनाइन्छ । नोनीका अनुसार यस्ता सम्बन्धमा केही नैतिक बन्धन पनि हुन्छ र त्यसलाई पालना गर्नु पनि पर्छ । नोनी अहिले मार्गन र ओलीवरको साथ सम्बन्धमा छिन् । २७ वर्षीय मार्गन पेशाले एडमिनिस्ट्रेटर हुन् भने २४ वर्षीय ओलीवर ड्रामा ग्रयाजुएट ।

मार्गन र नोनी मार्गन र नोनीको भेट डेटिंग एप टिंडरमा केही वर्ष पहिले भएको थियो । मार्गनको जतिवेला नोनीसँग भेट भयो उनको एक गर्लफ्रेण्ड पनि छिन्, ह्यानी । मार्गनको सम्बन्ध ह्यानीसँग अहिले पनि कायमै छ । ‘पोलीयेमरी’ यानी एक पटकमा एकभन्दा धेरै ब्यक्तिसँग सम्बन्ध सुमधुर सम्बन्ध बनाउनुपर्छ भनेर मार्गनलाई ह्यानीले नै भनेकी थिइन् ।

उनले भने, ‘जब मैले केही व्यक्तिसँग यसबारे कुरा गरें, मेरो कुरा सुनेर तिनीहरु अचम्मित भए । उनीहरुलाई लाग्छ कि खुला सम्वन्ध, पोलीयेमरी जस्ता कुरा मर्दलाई मात्रै हो किनकी यसमा धेरै सेक्स हुन्छ ।’ नोनीका अनुसार मार्गन भावुक कुरा गर्नमा खप्पिस छन् । यहि कारण ड्रामा पढ्नका लागि एडिनबरा जाँदा पनि मार्गनसँग उनको सम्बन्ध टुटेन । मार्गनको भनाइअनुसार नोनीसँगको सम्बन्धले उनकी पुरानी प्रेमिका ह्यानीलाई कुनै चिन्ता छैन । उनी अहिले पनि खुसी छिन् ।

‘ह्यानीले मलाई उत्साहित बनाउँछिन् । सपोर्ट पनि गर्छिन् । हामी धेरै कुरा शेयर गर्छौं र खुसी मनाउँछौं,’ मार्गन भन्छन् । मार्गनकै नजिक छन् ओलीवर अर्थात उनको प्रेमिकाको प्रेमी । उनीहरुबीच त्यस्तो कुनै नमिठो सम्बन्ध छैन । ओलिवर विगत १८ महिनादेखि नोनीसँग छन् । नोनी र ओलीवर करिव १८ महिनादेखि सम्वन्धमा छन् । सन २०१६ मा उनीहरु दुबैले एउटा शोमा काम गरेका थिए । त्यसपछि उनीहरुले एकअर्कालाई चाहन थाले । ओलीवरका अनुसार नोनीले पहिलो दिनमै आफू मार्गनसँग प्रेममा रहेको बताएकी थिइन् ।ओलीवरका अनुसार जो पहिल्यै कसैसँग प्रेममा छ भने उसँग सम्बन्ध कायम गर्न धेरै सोचविचार जरुरी हुन्छ ।

प्रेमको चक्कर ओलीवर भन्छन्, ‘जसको पहिले नै अर्को साथी छ, उसँग प्रेममा पर्नु त्यति सहज हुँदैन । यो निर्णय सोचेर सम्झेर लिनुपर्छ ।’ उनी भन्छन्, ‘यस्तो होइन कि कुनै समस्या थियो तर यो विचारभन्दा बढी कुरा थियो । यसबाट हैरानी हुन सक्छ । कसैसँग प्रेम गर्नु एउटा कुरो हो तर यदि तपाईंको चाहना बढिरहेको छ भने यस्तो हुनसक्छ । सुरुमा त मलाई लाग्यो ठीक छ, तर पछि जलन हुनसक्छ । तर त्यतिबेलै म निर्णयमा पुगें कि नोनीलाई मन पराउँछु र म यस सम्बन्धलाई अघि बढाउँछु ।’

यो एक ओपन रिलेशनसीप हो त्यसैले ओलीवर यस कुरामा स्वतन्त्र छन् कि उनी अर्को कुनै पार्टनरसँग पनि सम्बन्ध राख्न सक्छन्, यदि उनले चाहे भने । नोनी पनि सहमत छिन् । भन्छिन् ‘ओलीवरले अरु कसैलाई प्रेम गरेको थाहा पाएँ भने म पनि खुसी हुन्छु ।’

कुनै प्रकारको भेदभाव… नोनी र ओलीवरको प्राय कुराकानी भइरहन्छ । उनीहरु एकअर्काको नजिकै बस्छन् । तर उनको मार्गनसँग पनि दिनहुँ कुराकानी हुन्छ । ओलीवर र मार्गनबीच नोनीले कुनै प्रकारको भेदभाव गर्दिनन् । उनका अनुसार दुवैसँग उनको सम्वन्ध पूरै फरक छ । उनी भन्छिन्, ‘म तपाईंलाई भन्न सक्दिन कि म चकलेट या थिएटरमा कुनलाई बढी मन पराउँछु । म यसरी हेर्दछु । यस कुराबाट कुनै फरक पर्दैन कि मैले कसलाई कति माया गर्दछु । यसबाट उनीहरु दुवैलाई पनि कुनै फरक पर्दैन । मेरो लागि दुवै महत्वपूर्ण छन् ।’ नोनीले थपिन्, ‘म अलग-अलग तरिकाबाट दुवैका लागि कमिटेड छु । तर आधारभूत रुपमा मेरा लागि कोही पनि एक-अर्काभन्दा बढी छैनन् ।’

नैतिक जिम्मेवारी यस सम्बन्धको नैतिक जिम्मेवारी नोनीमाथी छ । उनीमाथी ओलीवर र मार्गन दुवैलाई यौन संक्रमणबाट बचाउनु छ । उनी केबल २३ वर्षकी छन् । तर नोनी भन्छिन् दुई प्रेमी राख्नु उनको लाइफस्टाइल च्वाइस हो । जसलाई उनी जारी राख्न चाहन्छिन् । उनलाई लाग्दैन कि यो फैसलाले एक परिवारिक रुप धारण गर्छ । उनी भन्छिन्, ‘म यस्तो व्यक्तिलाई चिन्दछु जसका दुई प्रेमिका छन् र उनीहरुको बच्चा पनि छन् । यस्तो अवधारणा छ कि एकभन्दा बढी प्रेमी केबल सेक्ससँग मात्र जोडिएको छ । तर यस्तो विल्कुलै होइन । एउटा बच्चाको एकमात्र बुवा र एकमात्र आमा हुनुपर्छ भन्ने सोच रुढिवादी हो ।’

नोनीका अनुसार पोलीयेमरी एक नयाँ चलन हो तर यो अझै पनि वर्जित जस्तो छ । यद्यपि परिस्थिति बदलिँदै गएको छ । उनी भन्छिन्, ‘मानिसहरु सदियौंदेखि पोलीयेमरी जस्ता सम्वन्ध राख्दै आएका छन् । तर स्टकल्याण्डमा यस्तो थिएन । हामी मानिसहरुलाई जति भेट्छौं त्यति नै छिटो हामीलाई स्वीकार गर्न सुरु गर्दिन्छन् । म यो भन्दिन कि हामी केही नयाँ गर्दै गइरहेका छौं । तर हामी यस्तो माहोल अवश्य बनाउने छौं जो एक स्वस्थ समुदायका लागि जरुरी छ ।’ – बीबीसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्