याद राखौ ! कती समयको अन्तरमा सन्तान जन्माउदा राम्रो ?



दुई सन्तान ईश्वरको बरदान भन्ने नेपाली मान्यता छ । शायद यसैको परिणाम् होला धेरै ब्यक्ती दुई सन्तानलाई पर्फेक्ट सन्तान मान्दछन् ।
मातापिताका लागि बच्चा जन्माउनु सौभाग्यको कुरा हो । केही मातापिता चाहिँ आर्थिक अवस्थाका कारण जम्मा एक बच्चा पाउन चाहन्छन् ।
दोस्रो बच्चा पाउनुपर्ने दबाब जोडीहरूलाई परिरहेको हुन्छ । अनि उनीहरू प्लानिङ गर्न थाल्छन् । यस क्रममा उनीहरू दुई बच्चाका बीच उमेरमा कति अन्तर हुनुपर्छ भन्ने पनि बिर्सन्छन् ।

त्यसो त बच्चा जन्माउने र प्लान गर्ने मातापिताको निजी विषय हो तैपनि सबै मातापिताले आमा र बच्चाको स्वास्थ्यका लागि केही कुरामा ध्यान दिनैपर्ने हुन्छ ।

दोस्रो बच्चा प्लान गर्नुअघि आमाको स्वास्थ्यमा अवश्य ध्यान दिनुपर्छ । महिलाले पहिलो बच्चालाई जन्माएपछि पूर्ण रूपमा स्वस्थ भएपछि मात्र दोस्रो विवाहको बारेमा सोच्नुपर्छ । पहिलो र दोस्रो बच्चाका बीच असाध्यै धेरै वा अत्यन्तै कम
अन्तर हुँदा समस्या आइलाग्छन् ।

पहिलो र दोस्रो बच्चाका बीच कम्तीमा दुई वर्षको ग्याप त हुनैपर्छ । कम अन्तर हुँदा दुवै बच्चालाई नराम्रो असर पर्छ । दुवै बच्चालाई एकैचोटि स्तनपान गराउन, रातभरि उनीहरूका लागि जाग्राम बस्न अनि दुई बच्चाको जिम्मेवारी
एकैचोटि उठाउन थाल्दा आमाको स्वास्थ्यमा नराम्रो असर पर्छ ।

दुई बच्चाबीच तीन वर्षको अन्तर हुँदा पहिलो बच्चा अलि बुझ्ने भएको हुन्छ । अनि बच्चा जन्माएर स्तनपान गराएपछि आमाको शरीरमा आएको कमजोरी त्यतिखेरसम्म ठीक भइसकेको हुन्छ । यसबाहेक बच्चाहरूको उमेरमा अन्तर
हुँदा दुवै बच्चालाई सही तरिकाले भरणपोषण गर्न आमाबालाई सहज हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, पहिलो बच्चा पाएको दुई वर्षमा महिला अर्को बच्चा जन्माउन योग्य भएकी हुन्छिन् ।

अनि धेरै ग्याप राखेर बच्चा जन्माउँदा पनि अनेकथरी जटिलताहरू आउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्