भ्यालेन्टाइन जोक: बिहेअघि, बिहेपछि



विवाह पहिले एउटा जोडीबीचको वार्तालाप:
धुर्मुस- म वर्षौँदेखि यसै दिनको प्रतीक्षामा थिएँ ।

सुन्तली- त्यसो भए म जाऊँ त ?

धुर्मुस- अहँ ! बिल्कुल नाइँ !!

सुन्तली- के तिमी मलाई आफ्नो माया दिन्नौं ?

धुर्मुस – हो ! पहिले पनि दिन्थेँ, आज पनि दिन्छु र सधैँ सधैँ दिइरहने छु ।

सुन्तली- मलाई धोका त दिन्नौं ?

धुर्मुस- अहँ ! त्यसो गर्नु पहिले बरु मेरो प्राण निस्कोस

सुन्तली- मलाई माया गरिरहन्छौ नि ?

धुर्मुस- सधैँ सधैँ ! तिम्रो अंग-अंगले महसुस गर्नेछ

सुन्तली- मलाई कुट्छौ ?

धुर्मुस– म त्यस्तो मान्छे हुँदै होइन !

सुन्तली- के म तिमीमाथि विश्वास गरूँ ?

धुर्मुस- हो….. !

सुन्तली – ओ… डार्लिंग !

विवाहपछि त्यही जोडीबीच वार्तालाप:
यसै संवादलाई तलबाट माथितिर पढ्दै जानुस् !

(एभरेष्ट दैनिक)

प्रतिक्रिया दिनुहोस्